प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता आजबाट सुरु हुँदै – Kanika Khabar
Wednesday, May 15Nepali News Portal

प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता आजबाट सुरु हुँदै

    मा प्रकाशित

फागुन २८, काठमाडौँ ।
प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता आजबाट सुरु हुँदैछ । हेटौंडास्थित पिप्ले क्याम्पा रङ्गशालामा आज विशेष कार्यक्रमकाबीच १५ दिने प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ।

 

मुख्य मन्त्री राजेन्द्र पाण्डेले ओलम्पिक ट्रर्च ओलम्पियन बैकुण्ठ मानन्धरलाई हस्तान्तर गरेपछि प्रतियोगिता औपचारिक रुपमा सुरु हुनेछ ।बागमती प्रदेशका १३ जिल्लाको सहभागिता रहेको प्रतियोगितामा एथलेटिक्स, फुटबल,भलिबल, कराँते,तेक्वान्दो,ब्याडमिन्टन,क्रिकेट र बक्सिङ खेलका १ हजार ८ सय खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।एथलेटिक्सका महिला १ सय १७ पुरुष १ सय ४३,फुटबलमा महिला १ सय ८० पुरुष २ सय ३४ खेलाडी रहेका छन् । भलिबलमा महिला÷पुरुष समान १ सय २२ खेलाडी रहेका छन् ।

 

कराँतेका महिला ९१,पुरुष १ सय १६,तेक्वान्दो १ सय १४,पुरुष १ सय २१ खेलाडीहरूले आ–आफ्नो तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरी ब्याडमिन्टनमा ४४ महिला, ७२ पुरुष,क्रिकेटमा ४२ महिला र १ सय ६८ पुरुष, बक्सिङमा २८ महिला र ८६ पुरुष खेलाडी रहेका छन् ।प्रतियोगितालाई भब्य सम्पन्न गर्न बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्