कनिका खबर
असार ३, तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालिकाले पचास प्रतिशत अनुदानमा टनेल वितरण गरेको छ । किसानहरुलाई व्यवसायिक वनाउनका लागि वितरण गरिएको अर्थ समितिका संयोजक माधव वलीले जानकारी दिए । उनले माग भए बमोजिम सबै कृषकहरुलाई वितरण गरिने पनि वताए ।
कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर उपमहानगरपालिकाले विभिन्न कुरामा अनुदान दिन लागेको पनि संयोजक वलीले भने । उनले उपमहानगरपालिका भित्रका १ सय ९० किसानहरुलाई वितरण गर्न लागेको कुरामा जोड दिए । ‘आर्थिक विकासको आधार कृषि नै भएकाले कृषकहरुलाई हामीले प्रोत्साहित गर्नुपर्दछ’ वलीले भने ।
कृषि शाखाले प्रदेश सरकार र संघ सरकारसँगको समन्वयमा अन्य अनुदानका कार्यक्रम अगाडि वढाएको कुलविर चौधरीले जानकारी दिए ।
मा प्रकाशित