प्रधानमन्त्रीकप महिला भलिबल प्रतियोगिता चैत १०देखि १४ गतेसम्म हुदै – Kanika Khabar
Wednesday, May 15Nepali News Portal

प्रधानमन्त्रीकप महिला भलिबल प्रतियोगिता चैत १०देखि १४ गतेसम्म हुदै

    मा प्रकाशित

चैत्र १, काठमाडौँ ।
प्रधानमन्त्रीकप महिला भलिबल प्रतियोगिता आगामी चैत १०देखि १४ गते सम्म सञ्चालन हुने भएको छ । बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने प्रधानमन्त्रीकपको यो आठौं संस्करण हो ।

 

नेपाल भलिबल संघको स्वीकृतिमा हुने प्रधानमन्त्री कप भलिबल नेपालगन्ज रंगशालाको कभर्ड हलमा हुनेछ । प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितालाई नेपालगञ्जको चिनारीकोरुपमा विकास गर्नका लागि सङ्घले प्रतियोगितालाई दक्षिण एसियाकै नम्बर एक क्लब च्याम्पियनसिपका रुपमा स्थापित गराउने लक्ष्य राखेको छ । प्रतियोगितामा देशका चर्चित क्लबहरुसँग मित्र राष्ट्र भारतको क्लबले प्रतिस्पर्धा गर्नेछ।

 

प्रधानमन्त्रीकपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम कोलकाता इण्डिया, पाँचौमा एपीएफ, छैठौमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्