होली पर्वलाई व्यवस्थित बनाउन काठमाडौं उपत्यकामा १३ सय प्रहरी खटाइने – Kanika Khabar
Saturday, May 18Nepali News Portal

होली पर्वलाई व्यवस्थित बनाउन काठमाडौं उपत्यकामा १३ सय प्रहरी खटाइने

    मा प्रकाशित

चैत्र २, काठमाडौँ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई ध्यानमा राखी सुरक्षा सम्बन्धी मापदण्ड तयार पारेको छ । होली पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउनका लागि काठमाडौं उपत्यकामा १ हजार ३ सयभन्दा धेरै ट्राफिक प्रहरी खटाइएको महाशाखाले जनाएको छ ।

होली मनाउँदा सवारी नियम तोड्ने गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली पर्व बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी अन्य समयभन्दा धेरै जनशक्ति परिचालन गर्ने भएको हो ।

होलीको पूर्वसन्ध्यामा होली पर्वलाई सभ्य र सुरक्षित तरिकाले सम्पन्न गराउन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले सबै ट्राफिक इकाइ तथा ईन्चार्जहरूलाई ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिनुभयो ।

भोलि बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा २ वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन हुनेछन् ।

महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष जाँचको व्यवस्था मिलाएको छ भने बिहानैदेखि मादक पदार्थ सेवन परीक्षण कडाइका साथ सुरु गर्ने भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्