जनमत सम्बोधनका लागि नगर प्रमुखमा मेरो आकांक्षा : डाँगी – Kanika Khabar
Saturday, May 18Nepali News Portal

जनमत सम्बोधनका लागि नगर प्रमुखमा मेरो आकांक्षा : डाँगी

    मा प्रकाशित

कनिका डेस्क
चैत्र ३, दाङ ।

स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा राजनीतिक दलहरु पनि चलायमान हुन थालेका छन् । राजनीतिक दल गाउँ गाउँमा पुग्न थालेका छन् । गाउँगाउँमा चुनावी महोल बाक्लिन थालेको छ । क्याफे, रेस्टुरा र चिया पसलका गफ फेरिन थालेका छन् । क्याफे, रेस्टुरा र चिया पसलका टेबलमा चुनावी गफ बाक्लिन थालेपछि चुनावको रौनक बढ्दै गएको महसुुस हुन थालेको छ । एक प्रकारले चुनावी माहोलको बाक्लिदो रुप बिस्तारित हुन थालेको छ ।

यतिबेला नेपाली काङ्ग्रेसले ‘घरघर जाऔँ, काङ्ग्रेस जिताऔँ’ अभियानलाई देशभर चलाएको छ । सहरदेखि गाउँगाउँसम्म, घरघरमा, जनजनमा काङ्ग्रेस छाएको छ । विगतका चुनावी रणनीतिभन्दा फरक शैलीको चुनावी रणनीति तय गर्दै काङ्ग्रेसले चुनावी अभियान थालेको हो ।

स्थानीय निर्वाचन मिति नजिकिदै गर्दा स्थानीय स्तरमा आकांक्षी उम्मेदवारहरु पनि बढ्दै जान थालेका छन् । वडास्तरमा होस् कि पालिका स्तरमा होस् आकांक्षीहरु चुनावी माहोलको अग्रपङ्तिमा देखिन थालेका छन् ।

दाङमा जनप्रतिनिधिका आकांक्षीहरु बढ्न थालेका छन् । आकांक्षीहरु जिल्लादेखि केन्द्रसम्म आफ्नो लविङको सुरुवात गर्न अथालेका छन् । दाङका १० स्थानीय पालिका मध्ये घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकाको निर्वाचनलाई विशेष महत्वका साथ लिने गरिन्छ । विभिन्न राजनीतिक दलहरुका आकांक्षीहरुले यी दुवै पालिकामा आफ्नो इच्छा व्यक्त गर्दै जान थालेका छन् ।

यसैबिचमा घोराही उपमहानगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका भूपबहादुर डाँगी आकांक्षीका रुपमा देखिएका छन् । स्थानीय निर्वाचन २०७४ मा पनि प्रमुखका प्रत्यासी उम्मेदवार रहेका डाँगी झिनो मतले पराजित भएका थिए । आगामी बैशाख ३० गते हुन थालेको स्थानीय निर्वाचनमा डाँगी पुनः नगर प्रमुखमा भिड्ने ‘मुड’ मा देखिएका छन् । डाँगी नेपाली काङ्ग्रेसका तर्फबाट बलिया उम्मेदवारका रुपमा देखिएका छन् ।

भूपबहादुरको राजनीतिक यात्रा

२०३० सालदेखि नेपाली काङ्ग्रेसमा आवद्ध रहेका डाँगी निरन्तर राजनीतिक यात्रामा क्रियाशील छन् । जतिबेला उनी कक्षा ८ मा अध्ययनरत थिए । विद्यार्थी जीवनबाटै राजनीतिमा होमिएका डाँगीका हरेक पल र प्रहर राजनीतिक चिन्तन तथा विमर्शमा बित्ने गर्दछन् । सामाजिक कर्ममा रमाउने र समाज सेवा भनेपछि हुरुक्क हुने डाँगी सामाजिक कार्यका पर्याय नै मानिन्छन् ।

No description available.

 

२०३६ सालमा काङ्ग्रेस निकट युवा संगठनमा आवद्ध रहेर राजनीतिमा थप क्रियाशील बनेका डाँगी काङ्ग्रेसभित्र सालिन र भद्र नेता मानिन्छन् । विभिन्न आन्दोलनमा सहभागी भएर विद्यार्थी राजनीति तथा युवा संगठनमा आवद्ध भएर पार्टीका गतिविधिमा संलग्न भइरहँदा हक्की युवाका रुपमा तत्कालीन नेताहरुको आँखामा मात्र बसेनन् रोजाइको प्राथमिकतामा समेत परेका थिए । पार्टीका गतिविधिलाई चलायमान बनाउन तथा जनस्तरमा विस्तार गर्न उनी अहोरात्र खटिरहे । परिणामतः उनी नेपाली काङ्ग्रेसका धरोहर खुमबहादुरको रोजाइमा परे । २०४३ सालमा साविक सौडियार गाविस वडा नं. १ को वडाध्यक्षमा निर्विरोध चयन भए । जनप्रतिनिधिका रुपमा निर्विरोध वडाध्यक्षमा चयन हुनुले डाँगी पार्टी पङ्तिमा मात्र होइन जनताका बिचमा प्रिय छन् भन्ने बलियो प्रमाण पेस गर्न सफल भए ।

 

त्यसो त विभिन्न संघ संस्थामा आवद्ध रहँदै सामाजिक सेवाभावका काममा आफूलाई तल्लीन राख्दै आएका डाँगी स्थानीय नागरिकको रोजाइमा सहकारी संस्थादेखि विद्यालय व्यवस्थापन समितिका नेतृत्वसम्म पुगे । आफूले नेतृत्व गरेका हरेक संस्थाको उन्नयमा उनी निरन्तर लागिरहे । नेपाली राजनीति बहुदलीय शासन व्यवस्थामा प्रवेश गरेसँगै राजनीति र समाज सेवालाई समानान्तर रुपमा अगाडि बढाइरहेका डाँगी क्षेत्रीय सदस्य हुँदै उपसभापतिको जिम्मेवारी मात्र सम्हालेनन् दुई कार्यकाल नेपाली काङ्ग्रेस क्षेत्र नं . २ को सभापति भएर अब्बल नेतृत्व गरिसकेका छन् । त्यसो त पार्टीको १४ औँ महाधिवेशनबाट महासमिति सदस्य बनेका डाँगी राजनीतिलाई समाज सेवासँग जोड्दै आएका छन् ।

यसकारण डाँगी नगर प्रमुखका दावेदार

नेपाली काङ्ग्रेसका तर्फबाट घोराही उपमहानगरपालिकाका प्रमुखमा आकांक्षी रहेका डाँगी बलिया उम्मेदवार हुन् । पार्टीमा कहिले पनि लाभ नखोज्ने र लाभको राजनीति नगर्ने स्वभाव भएका डाँगी पार्टीका लागि त्याग र जनाताको सेवा गर्नमा कहिल्यै पछि पर्दैनन् ।

 

आफ्ना समकक्षी र अनुजहरुसमेतले राजनीतिक उचाइ लिइरहँदा पनि उनमा कहिल्यै गुनासो र कुण्ठा जागेन । ‘म राजनीतिमा पछि परे कि भन्ने मलाई कहिल्यै लागेन, मैले जनताका लागि राजनीति गरेको हुँ, राजनीतिमा जनताको साथ रहेन पनि टिकाउ भइदैन भन्ने कुरा मैले राम्रोसँग बुझेको पनि छु, मेरा समकक्षी तथा अनुजहरुले राजनीतिक अग्रता लिइरहँदा मभित्र कहिल्यै कुण्ठा र निराशा जागेन र जाग्दैन पनि । मेरो राजनीतिक धरातल जनता हुन् म सधैं जनतासँग छु, मेरा साथमा सधै जनतालाई राख्न सके भने त्यो नै मेरो सबैभन्दा ठूलो राजनीतिक जित हुनेछ ।’ उनले थपे, ‘ म पदको लागिभन्दा जनसेवाका लागि राजनीति गर्दछु । पद नपाउँदैमा मेरो राजनीतिक अस्तित्व गुम्दैन, जुन दिन मैले समाज सेवाबाट आफूलाई विलय गराउनेछु त्यो दिन जनता पनि मबाट टाढा हुनेछन् त्यतिबेला मेरो राजनीति मात्र होइन मेरो अस्तित्व पनि नहरने मेरो बुझाइ छ ।’
२०७४ को स्थानीय निर्वाचनमा नगर प्रमुखका रुपमा निर्वाचनमा होमिदा डाँगीले १७४८४ मत प्राप्त गरेका थिए । नगर प्रमुखमा विजयी भएका नेकपा एमालेका नरुलाल चौधरीले २२०३० मत प्राप्त गरेका थिए । ४५४६ मतको अन्तरले उनी पराजित भएका थिए । अब डाँगीको कसरत भनेको मतान्तरलाई पूर्ति गर्ने रहेको छ । पार्टी सुदृढ हुँदै गएको अवस्था, पार्टीभित्र डाँगी साझा व्यक्तिका रुपमा रुचाइदै गएको अवस्था, जनस्तरमा उनको बाक्लिदो सम्पर्क अनि नेकपा एमालेको विभाजन डाँगीका विजयी आधारका रुपमा विश्लेषण गर्न थालिएको छ ।

एक पटक पराजय व्यहोरेको कोर्डमा डाँगी पुनः भिड्ने तयारीमा छन् । यद्यपि पार्टीभित्र उनलाई यो भन्दा उच्च कोर्डका लागि मार्ग प्रशस्त छ तर किन पुनः त्यही कोर्डमा डाँगी होमिन चाहन्छन् त ? यसका भने उनको तर्क फरक छ । ‘२२०३० मत प्राप्त गरेर नरुलालजी नगर प्रमुख हुनुभयो । त्यो भन्दा बढी जनमतका हामी बाहिरै रहनु प¥यो, पराजयभएपछि त्यो स्वभाविक पनि हो । म लगायत अन्य प्रत्यासी उम्मेदवारले प्राप्त गरेको जनमतको सम्बोधन यो चार वर्षे कार्यकालमा भएको महसुस मलाई भएको छैन । सायद अरु उम्मेदवारलाई पनि यस्तो लागेको होला । चुनावबाट नगर प्रमुख भइसकेपछि जोकोही पनि पार्टीलाई दोस्रो प्राथमिकतामा राखेर जनतालाई पहिलो प्राथमिकतामा राख्न सक्नुपर्दछ । अनि मात्र जनप्रतिनिधि हुने हो । जनप्रतिनिधि भएर जो कोहीलाई पनि पार्टी प्रतिनिधि हुन सुहाउँदैन र छुट पनि हुँदैन ।’ उनले थपे , ‘मेलै प्राप्त गरेको १७४८४ जनमत र अन्य साथीहरुले प्राप्त गरेको हजारौँ जनतमको अवमुल्यन भएको छ । म गाउँगाउँमा पुग्दा जनताबाट यो गुनासो सुनेको छु, जनताको पीडा सुनेको छु । तसर्थ जनप्रतिधिको भूमिकालाई अनुकरणीय बनाउन र जनमतलाई सम्बोधन गर्न म पुनः यही कोर्डमा भिड्न तयार भएको हुँ ।’

 

२०७४ को स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रका जीवन गौतमले १२०८२, राष्ट्रिय प्रजातन्त्र पार्टीका भोलानाथ योगीले ११३६, नेपाल कम्युनिष्ट पार्टी ९माले०का नेत्र प्रसाद पाण्डेयले ४११, मगर राष्ट्रिय जनमोर्चाका राम बहादुर घर्तीले ३९९, स्वतन्त्रबाट द्रोणराज भण्डारीले शून्य, नयाँ शक्ति पार्टी, नेपालका जगत बहादुर पुनले ११७, स्वतन्त्रबाट शुसीला आचार्य ९बैध०ले ८१, नेपाली राष्ट्रिय जनमुक्ति पार्टीका खिम बहादुर नेपालीले ५०, नेपाल परिवार दलका होम बहादुर सिजवालले २२, स्वतन्त्रबाट गुरु प्रसाद गौतमले ४, फोरम, नेपाल ९लोकतान्त्रिक०का उर्मिला चौधरीले १७२ मत प्राप्त गरेका थिए ।

बितेका ४ वर्षको अवधिमा डाँगीको विकासमा सहभागिताका काम, आफू पराजित भएर पनि जनभावना बमोजिमको उनको सक्रियता, विकासका काममा भएका लापरवाही र बेइमानीमा उनको निरन्तर खबरदारीले पनि उनी जनताको रोजाइमा पर्ने प्रशस्त बलिया सम्भावना रहेका छन् ।

 

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्