अर्घाखाँचीको क्वारअन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि – Kanika Khabar
Sunday, April 20Nepali News Portal

अर्घाखाँचीको क्वारअन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
असार ४, दाङ ।
अर्घाखाँचीको एक क्वारअन्टिनमा आत्महत्या गरेको पुरुषको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ । जिल्लको शितगंगा नगरपालिकाको क्वारअन्टिनमा आत्महत्या गरेका ४४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । आरडीटी रिपोर्ट पोजेटिभ आएका शितगंगा–५ का देबबहादुर विकले मंगलबार राति रुखमा झुण्डिएर आत्महत्या गरेका थिए ।
बिकको जेठ २५ गते पिसिआर परीक्षणका लागि उनको स्वाबको नमूना संकलन गरेर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो । त्यसको ११ दिनपछि उनको रिपोर्ट पोजेटिभ आएको हो । पिसिआर रिपोर्ट नआउन्जेल बुधबार दिनभर उनको शव रुखमै झुण्डिएकै अवस्थामा थियो । उनी भारतको पन्जावबाट आएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्