कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्ष सिल – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्ष सिल

    मा प्रकाशित

कनिका खबर
असार ४, दाङ ।
कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ । अस्पतालमा उपचाररत तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ । यस्तै ४२ जना स्वास्थ्यकर्मीलाई क्वारअन्टिनमा राखिएको छ ।

३१ जेठमा सुर्खेतका एक जना र ३२ जेठमा दैलेखका दुई जना बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए । आकस्मिक कक्षमा भर्ना भएका सबै बिरामीको स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा बुधवार तीन जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
तीनै जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको नियमित परीक्षण र रेखदेखमा खटिएका स्टाफ नर्स र एचएसहित ४२ जना स्वास्थ्यकर्मीलाई क्वारअन्टिनमा राखिएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्