माेरङ यौन दुर्व्यवहार प्रकरण : एक प्रहरी जवानकाे मृत्यु – Kanika Khabar
Saturday, May 18Nepali News Portal

माेरङ यौन दुर्व्यवहार प्रकरण : एक प्रहरी जवानकाे मृत्यु

    मा प्रकाशित

चैत्र ७, मोरङ।
मोरङमा भएकाे छात्रामाथिकाे यौन दुर्व्यवहारकाे घटनालाई लिएर भएकाे झडपमा परी एक प्रहरी जवानकाे मृत्यु भएकाे छ ।
जिल्लाकाे लेटाङमा यौन दुर्व्यवहार घटनालाई लिएर भएको झडपमा परी घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हाे ।

लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयमा भएको यौन दुर्व्यवहारको घटनालाई लिएर झडप भएको थियो । झडपका क्रममा धारिलो हतियारले प्रहार भएको श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो ।

विद्यालयका ५६ वर्षीय शिक्षक मनोज पौडेलले १४ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको घटना बाहिर आएपछि विद्यालय आइतबार बिहानदेखि तनावग्रस्त बनेको थियो ।

आफ्नै छात्रालाई निरन्तर दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले बिना कारवाही बचाउन लागेको भन्दै आक्रोशित शिक्षा विकास माविका विद्यार्थी र स्थानीयबासीले प्रहरीसँग आरोपित शिक्षक आफूहरुलाई जिम्मा लगाउन माग गरेका थिए ।

आरोपित शिक्षकसँग सोधपुछ भइरहेका बेला स्थानीयहरू विद्यालयमा आएर तानातान गरेपछि विवाद बढेको थियो ।

 

भिडले शिक्षकलाई बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको थियो ।

विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई प्रहरी बेलुका नियन्त्रणमा लिएर विराटनगर लाने क्रममा आक्रोशित भिडले आक्रमण गर्दा महिला प्रहरीको मृत्यु भएको बताइएको छ ।

शिक्षकले आफूमाथि हाेलीका दिन दुर्व्यवहार गरेको छात्राले आरोप लगाएकी थिइन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्