मोरङको लेटाङ क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू – Kanika Khabar
Saturday, May 18Nepali News Portal

मोरङको लेटाङ क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

    मा प्रकाशित

चैत्र ७, मोरङ ।
एक बालिकामाथि भएको दुव्र्यवहारविरुद्धको विरोध प्रदर्शनले हिंसाको रूप लिएपछि मोरङको लेटाङ क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू लगाइएको छ । हिंसा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनुभयो ।

लेटाङ नगरपालिका– ५ खेरूवास्थित शिक्षा विकास माविमा भड्किएको हिंसामा हिजो एक प्रहरी जवानको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको हो । लेटाङ नगरपालिकाको वडा नम्बर ३ र ४ को गङ्गेचौक र कमलपुर क्षेत्र , वडा नम्बर ५ को सबै क्षेत्र र उत्तरमा वडा नम्बर ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङ्गे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यु लगाइएको छ । हिजो साँझ लेटाङ ५ खेरुवामा भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।

खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत एक छात्रामाथि होलीका दिन दुव्र्यवहार गरेको घटना सार्वजनिक भएको थियो । घटनाबारे विद्यालयमा बसेको शिक्षक र अभिभावकको बैठकले कानुनी कारबाहीका लागि प्रहरीलाई जिम्मा लगाउने निर्णय गरेको थियो ।

त्यसपछि पुगेको प्रहरी टोलीमाथि स्थानीयबासीले आक्रमण गर्दा प्रहरी जवान श्रेष्ठको मृत्य भएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्