दुर्व्यसनीको गोलघेरामा बालबालिका……… – Kanika Khabar
Saturday, May 18Nepali News Portal

दुर्व्यसनीको गोलघेरामा बालबालिका………

    मा प्रकाशित

खेमराज रिजाल
मानपुर, ७ चैत ।

एकाविहानै गाग्रोमा पानी लिन मानपुरको पञ्चेधारा पुग्न नपाउँदै मानपुरकी शुष्माले धारा नजिकै कुनामा दिनहुँजसो एक हुल बाल समूहलाई देख्छिन् । उनीजस्तै ती बालकहरु भने पधेरोमा पानी भर्ख होइन, गाजा चरेस लुकिलुकी सेवन गर्नका लागि जाने गर्छन् ।

मानपुरको पञ्चेधारामा मात्र होइन, बनकट्टीको बाँसको झ्याङमुनी पनि यस्तै अल्लारे स्कुले विद्यार्थीजस्ता स्कुल ड्रेसमै सर्को तानिरहेका देखिन्छन् । ‘अपरिचित मान्छे आयो कि अन्तै मोडिन्छन्’, त्यहाँका स्थानीयबासीले यस्तै देख्दै आएका छन् । पछिल्लो समयमा दाङ जिल्ला लागूऔषध दुव्र्यसनीको ग्राफलाई उचो बनाउँदै गएको प्रहरीको तथ्यांकले देखाउँछ ।

यसमा अधिकांश १८ बर्षमुनिका बालबालिकाहरु नै छन् । बालबालिकाहरु लागूऔषध दुव्र्यसनीको कुलतमा फसेको सबैभन्दा पहिले अभिभावकलाई जानकारी हुन्छ, त्यसपछि स्कुलमा उनीहरुलाई पढाउने शिक्षकलाई पनि जानकारी हुन्छ, तर उनीहरुले पहिचान गरिसकेका दुव्र्यसनीलाई कहिल्यै सार्वजनिक गर्दैनन् । यही कारणले पनि बालबालिकामा लागूऔषध दुव्र्यसनी एउटा चुनौतीका रुपमा बढिरहेको छ ।

‘लागूऔषध दुव्र्यसनीले नै यहाँ बालश्रम र बालविवाहजस्ता सामाजिक अपराधको अवस्था सिर्जना गरेको छ, बालश्रम रोक्नका लागि सबैभन्दा पहिले हामीहरु लागूऔषध दुव्र्यसनीका सन्दर्भमा एकपटक फेरि पनि गम्भीर बन्नुपर्ने अवस्था आएको छ’, इलाका प्रहरी कार्यालय तुलसीपुर र तुलसीपुर उपमहानगरपालिकाको महिला, बालबालिका तथा सामाजिक शाखाले आइतवार मानपुरमा आयोजना गरेको बालश्रम न्यूनीकरणसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा तुलसीपुर–१७ का वडाध्यक्ष थलराज पुरीले भने ।

उनले आफ्नो वडामा बालश्रमभन्दा पनि बालावस्थामै दुव्र्यसनीको समस्या अत्यधिक रहेको भन्दै यसमा गम्भीर हुन वडाका अभिभावकहरुलाई आग्रह गरे । दुव्र्यसनीकै कारण वडामा विभिन्न खाले सामाजिक अपराध र घरेलु हिंसाका घटनासमेत दोहोरिँदै आएको पनि उनको अभिव्यक्ति थियो ।
तर वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथिको भनाइमा तुलसीपुर उपमहानगरपालिका चाँडै बालश्रममुक्त वडा घोषणा हुने क्रममा छ ।

यहाँ बालश्रमिकको समस्या धेरै छैन । कहिँकतै होटल, यातायात र इटाभट्टाहरुमा बालश्रमिकहरु रहेछन् भने त्यहाँ स्थलगत अनुगमन गरी उनीहरुलाई उद्धार गरी अभिभावकको जिम्मा लगाउने र पठन–पाठनको व्यवस्था मिलाउने पनि उनले प्रतिवद्धता व्यक्त गरे । वडा सदस्य सुशीला बुढाथोकीको बुझाइमा होस् वा अर्का वडासदस्य मदन बस्नेतको बुझाइमा पनि बालश्रम भन्दा बालबालिकामा लागूऔषध दुव्र्यसनीकै समस्या बढी रहेको भनाइ थियो । उनीहरुले यसरी बालबालिकाले लुकिछिपी लागूऔषध सेवन गर्ने स्थानहरुमा विशेष सुरक्षा निगरानी बढाउन पनि इलाका प्रहरी कार्यालय तुलसीपुरलाई आग्रह गरेका थिए ।

तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठले कार्यक्रममा विषयप्रवेश गराउँदै बालबालिकालाई माया दिएर मात्रै भविष्यका कर्णधार बनाउन सकिने भन्दै पढ्ने उमेरका बालबालिकाहरु कतै बालश्रममा रहेका छन् भनेर सबै मिलेर मुक्त गरौं भन्ने अभिव्यक्ति दिइन् ।

‘बालबालिकालाई सुधार्न ढिलो गरेर हुँदैन, आजैदेखि अभियानमा जुटौं, किनकि बालक जन्मने वित्तिकै दूध चुस्न लालाहित हुन्छ, एक घण्टापछि चुसाउला भनेर हुँदैन’, मायाको भनाइ थियो बालबालिकाप्रति । आजका बालबालिका हरेक हिसावले स्वस्थ र सक्षम भए भने मात्रै मुलुकले भविष्यमा दक्ष जनशक्ति पाउने हो भन्दै समुदाय सबैभन्दा बढी बालबालिकाप्रति जिम्मेवार बन्नुपर्ने उनको सुझाव थियो ।

आफैले समन्वय गरेको कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर झलकप्रसाद शर्माले बालबालिकाहरु दुव्र्यसनीका कारण पढ्ने अवसरबाट समेत बञ्चित भएको तथा पारिवारिक हिंसाको अवस्था सिर्जना भएको बताए । साथै उनले आफ्नो बच्चा कुलतमा लागेको छ भने त्यसबाट मुक्त बनाउनका लागि प्रहरीसँग साझेदारी र सहकार्य गर्न पनि उनले अभिभावकहरुलाई सुझाव दिए ।

साथै उनले बालबालिकाहरुप्रति माया देखाएर उनीहरुलाई बालश्रम मुक्त बनाउन पनि आग्रह गरेका थिए । साथै उनले बालश्रम, बालविवाह र लागूऔषध दुव्र्यसनीसम्बन्धी विद्यमान कानुनी व्यवस्थाका विषयमा पनि जानकारी दिएका थिए । प्रहरी समुदाय साझेदारी कार्यक्रमअन्तर्गत उपमहानगरपालिकाका १९ वटै वडामा यस्ता कार्यक्रमहरु भइरहेको पनि उनले सो अवसरमा जानकारी दिएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्