सकियो शाह विरुद्ध अनुसन्धान, फाइल सरकारी वकिल समक्ष – Kanika Khabar
Saturday, May 18Nepali News Portal

सकियो शाह विरुद्ध अनुसन्धान, फाइल सरकारी वकिल समक्ष

    मा प्रकाशित

चैत्र ७, दाङ ।
अभिनेता पल शाह विरुद्ध अनुन्धान सकिएको छ । शाह नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका छन् । हिरासतमा रहेका शाहविरुद्धको अनुसन्धान सकिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो । अनुसन्धान सकिएपछि रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाइएको छ ।

प्रहरी हिरासतमा रहेका शाहलाई म्याद थप गर्दै २१ दिन लामो अनुसन्धान गरिएको हो ।अनुसन्धान सकिएपछि प्रहरीले सरकारी वकिल समक्ष अनुसन्धानको प्रतिवेदन पेस गरेको हो ।

शाहविरुद्ध एक गायिकाले नावालिगमाथि जबरजस्ती करणी भएको अभियोगको मुद्दा दायर गरेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि शाहविरुद्ध गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्