मोरङ घटनाका दोषीलाई कारवाही हुन्छ : प्रधानमन्त्री – Kanika Khabar
Saturday, May 18Nepali News Portal

मोरङ घटनाका दोषीलाई कारवाही हुन्छ : प्रधानमन्त्री

    मा प्रकाशित

चैत्र ७, दाङ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङ घटनाका दोषीलाई कारवाही हुने बताएका छन् । जिल्लाको लेटाङ नगरपालिकामा भएको घटनाका दोषीमाथि कारबाही हुने प्रधानमन्त्री देउवाले बताएका हुन्।

मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले शान्ति, सुरक्षा सरकारको दायित्व हुने भन्दै महिला सुरक्षाकर्मीको मृत्यु हुने गरी भएको घटनामा दोषीमाथि कडा कारबाही गरिने बताएका हुन्।

लेटाङमा रहेको एउटा विद्यालयमा शिक्षकले विद्यार्थीलाई यौन दूराचार गरेको आरोपपछि झडपमा हिजो एक महिला प्रहरीको मृत्यु भएको थियो ।
प्रधानमन्त्री देउवाले आजै सुन्दरहरैंचा नगरपालिकाले स्थापना गरेको ३५ शय्याको अस्पतालसमेत उद्घाटन गरे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्