दिव्या सिंहलाई डिन बनाएको विरोधमा विद्यार्थीले लगाए ताला – Kanika Khabar
Saturday, May 17Nepali News Portal

दिव्या सिंहलाई डिन बनाएको विरोधमा विद्यार्थीले लगाए ताला

    मा प्रकाशित

असार ४, दाङ ।

नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा डा. दिव्यासिंह शाहको नियुक्तिको विरोध गर्दै तालाबन्दी गरेको छ ।

डा. शाहलाई डिन बनाउने त्रिभुवन विश्वविद्यालयको निर्णय तत्काल सच्याउनुपर्ने माग गर्दै अनेरास्‍ववियूको महाराजगञ्ज चिकित्सा क्याम्पस कमिटीले आईओएममा तालाबन्दी गरेको हो ।

वरिष्ठता र कार्यकुशलताको मापदण्ड मिचेर राजनीतिक पहुँचको आधारमा डा. सिंहलाई नियुक्ति गरिएको भन्दै अनेरास्ववियूले तालाबन्दी गरेको क्याम्पस इकाई अध्यक्ष विनय पंगेनीले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्