दोस्रो संविधान संशोधन राष्ट्रिय विधेयक सभाबाट सर्वसम्मत पारित – Kanika Khabar
Thursday, February 13Nepali News Portal

दोस्रो संविधान संशोधन राष्ट्रिय विधेयक सभाबाट सर्वसम्मत पारित

    मा प्रकाशित

कनिका खबर
असार ४, काठमाडौँ ।
लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा निशान छापमा राख्ने दोस्रो संविधान संशोधन विधेयक राष्ट्रिय सभाले सर्वसम्मतिले पारित गरेको छ ।

आज बसेको राष्ट्रिय सभा बैठकमा ५७ जना सदस्य उपस्थित रहेकोमा सबैले यो विधेयकको पक्षमा मत दिएका हुन् ।

राष्ट्रिय सभामा जम्मा ५९ सदस्य रहेकोमा रिक्त एक सिटमा मनोनित गर्न बाँकी छ भने सभाका अध्यक्षले मत बराबर भएको अवस्थामा मात्र मतदान गर्ने व्यवस्था छ ।

यसअघि संसदको तल्लो सदन प्रतिनिधि सभामा पनि सर्वसम्मतिले संविधान संसोधन विधेयक पारित भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्