ढोका छोएको निहुँमा दलित समुदायका बालकमाथि कुटपिट – Kanika Khabar
Thursday, April 25Nepali News Portal

ढोका छोएको निहुँमा दलित समुदायका बालकमाथि कुटपिट

    मा प्रकाशित

कनिका खबर
असार ४, दाङ ।
सोलुखुम्बुमा ढोका छोएको निहुँमा दलित समुदायका एक बालकमाथि कुटपिट भएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ९ सिसाखोलामा एकजना दलित समुदायका बालकले ढोका छोएको निुहँमा निर्घात कुटपिट भएपछि बालक घाइते भएका छन् । पाँच दिनअघि स्थानिय तारा थापामगरको घरमा पुगेका १६ वर्षका बालक दिपक विश्वकर्माले मगरको घरको ढोका छोएको भन्दै तारा थापामगर र श्याम थापामगरले कुटपिट गरेको पीडितको भनाइ छ । पीडित विश्वकर्माका अनुसार निर्माण हुँदै गरेको तारा थापामगरको घरको ढोकामा बसेकै भरमा मगरद्वयले फलामको हतौडीले ढाड र टाउको लगायतका स्थानमा कुटपिट गरेका हुन् ।
कुटपिटबाट दिपकको ढाड, टाउको तथा शरिरका विभिन्न भागमा गम्भिर चोट लागेको छ । तल्लो जातको मान्छे भएर ढोका छोएको भन्दै जातिय छुवाछुत विरुद्धका अपमानजनक शब्द प्रयोग गर्दै बालकमाथी फलामको रडले प्रहार गरेको प्रत्यक्षदर्शी दिपेन्द्र रानामगरले जानकारी दिए । कथित तल्लो जात भएकै कारण बालकमाथी निर्घात कुटपिट भए पनि आफुले त्यस्तो नगर्न आग्रह गरेको प्रत्यक्षदर्शी मगरको भनाइ छ । घाइते बालकको ओखलढुंगास्थित मिसन अस्पतालमा उपचार भइरहेको पीडित बालकका बाबु नीर बहादुर विश्वकर्माले बताए । तर घटनालाई लुकाउन पत्ताले प्रहरी चौकी र पीडक पक्षको निरन्तर दबाबमा तीन दिन अघि गाउमै मिलापत्र गराएको पीडित पक्षको दाबी छ । पीडक मगरले स्थानीय अगुवाको सहयोगमा आफुलाई कानुनले केही गर्न नसक्ने भन्दै जबरजस्ती मिलापत्र गराएको पिडितका बुबा निरबहादुर विश्वकर्माले गुनासो गरे । जिल्ला प्रहरी कार्यालयले समेत जाहेरी लिन इन्कार गरेर वडा कार्यालयमै मिलापत्र गर्न दबाब दिएको पिडितको भनाइ छ । घाइतेलाई अस्पताल लैजाँदाको गाडी भाडा १० हजार र अस्पतालमा खर्च भएको १० हजार तीन सय गरि २० हजार तीन सय रुपैया खर्च पिडकले उपलब्ध गराएर जबरजस्ती मिलापत्र गराएको जनाइएको छ । वडा अध्यक्ष काजी शेर्पाले जातिय छुवाछुतका कारण भएको घटनालाई कानुनी उपचार खोज्नुपर्ने सुझाव दिए पनि आफुलाई जानकारी नै नगराई मिलापत्र गराएको बताए । जातीय भेद्भाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ बमोजिम कसुर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा एक हजारदेखि २५ हजारसम्म जरिवाना अथवा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्