कनिका खबर
असार ४, दाङ ।
अमेरिकाले प्रशान्त महासागरमा आफ्नो तीनवटा लडाकु पानी जहाज तैनाथ गरेको छ । अमेरिकी जहाज तैनाथीको विषयमा चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्सले दक्षिण चीन सागरमा चिनियाँ सैनिकहरुलाई खतरा भएको जनाएको छ ।
चिनियाँ नेभी एक्सपर्ट ली जीईको हवालाा दिँदै उक्त अखवारले अमेरिका प्रशान्त क्षेत्र समेत पुरै दुनियाको अगाडी आफूलाई नौसेना शक्तिमा पनि सबैभन्दा शक्तिशाली देखाउन चाहेको उल्लेख गरेको छ । तिनीहरु यति नजिक छन् कि कुनैपनि वेला दक्षिण चीन सागरमा घुस्न सक्छन् ।
चिनियाँ नेभी एक्सपर्टका अनुसार प्रशान्त महासागरमा अमेरिकी लडाकु पानी जहाजको उपस्थितिले स्प्रेटली र पैरासे आइल्याण्डमा तैनाथ भएका चिनियाँ सेनालाई खतरा हुने साथै त्यहाँ नजिकैबाट जाने जहाजहरुलाई पनि खतरा हुन सक्छ । चिनियाँ अधिकारीहरु आफ्नो सुरक्षाको लागि चीन यस क्षेत्रबाट पछि हट्ने बताउँछन् ।
अमेरिकाले कुनै पनि राजनीनिक वा अन्य कारणले वैश्विक घटनाको कारणले युद्धपोत तैनाथ नगरिएको र नियमित कार्य भएका जनाएको छ । अमेरिकी नौसेनाका प्रवक्ता रिएन माँमसेनले भने कि अमेरिकी नौसेना प्रशान्त क्षेत्रमा आफ्नो सहयोगीहरुको मद्दतको लागि हरेक दिन एक्टिभ रहदै आएको छ । पछिल्लो ७५ वर्षदेखि अमेरिकी पोत तथा जहाजहरु दक्षिण चीन सागर, पूर्व चीन सागरका साथै फिलीपन सागरको आसपास नियमित गस्ती गरिरहेको र यो यस क्षेत्रमा सुरक्षा बढाउन तथा शान्ति कायम राख्न हामीले गर्ने अनेकन कार्यहरु मध्ये एक हो ।
मा प्रकाशित