कनिका डेस्क
असार ५, दाङ
नेपाल एयरलाइन्सको उडान संयुक्त अरब इमिरेट्सबाट एकसय ४८ जना नेपाली कामदार बोकेर शुक्रबार बिहान उडेको छ । जसमा एक सय एक जना महिला र ४७ जना पुरुष छन् । जसमा ९४ जना महिला गर्भवती छन् ।
संयुक्त अरब इमिरेट्स (युएई) बाट १ सय ४८ जना नेपाली आज स्वदेश फर्किँदैछन् । फर्कनेहरूमा अधिकांश महिला छन् भने विमानमा एक जना नेपालीको शवसमेत रहेको यूएईस्थिति नेपाली दूतावासका सूचना अधिकारी भुवन ओझाले बताउनुभयो । नेपाल एयरलाइन्सको २२९३ विमानमार्फत उनीहरू नेपाल आउन लागेका हुन् । नेपालीहरू चढेको विमान बिहान साढे १० बजे त्रिभुवन अन्तर्राािष्ट्रय विमानस्थलमा अवतरण गर्नेछ ।
असार २ गते हुने भनिएको उडान स्थगित भएपछि सोही उडान तालिकामा रहेकाहरुलाई आज नेपाल पठाइएको हो । स्वदेश फर्किएकाहरूमा आबुधाबीबाट ४२ जना छन् । युएईका विभिन्न राज्यमा रहेका नेपालीहरूलाई सम्बन्धित एयरलाइन्सले विमानस्थलसम्म ल्याइदिएका थिए । युएईबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, फ्लाइ दुवई र एयर अरेवियाले पनि उडान गर्ने दूतावासले जनाएको छ ।
स्थानीय समय ५ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन विमानस्थलको लागि नेपाल एयरलाइन्सको उडान नम्बर आरए २२९२ उडेको हो । यूएईबाट अलपत्र नेपालीलाई फिर्ता पठाएको यो दोश्रो पटक हो । यसअघि एयर अरेबियाले १६८ जना यात्रु ल्याएको थियो ।