चीन भारत झडपमा वोल्यो अमेरीका – Kanika Khabar
Thursday, April 25Nepali News Portal

चीन भारत झडपमा वोल्यो अमेरीका

    मा प्रकाशित

कनिका डेस्क
असार ५, दाङ
अमेरिकाले पहिलो पटक चीन र भारतबीच गलवान उपत्यकामा भएको झडपबारे प्रतिक्रिया सार्वजनिक गरेको छ । भारतप्रति अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ट्वीट गरेर समवेदना व्यक्त गरेका छन् ।

चीन र भारतबीच गलवान उपत्यकामा भएको झडपबारे अमेरिकाले पहिलो पटक प्रतिक्रिया सार्वजनिक गर्दै झडपमा मारिएका भारतीय सैनिकका आफन्तप्रति सहानुभूति प्रकट गरेको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले हालै गर्नुभएको ट्वीटमा भारतप्रति समवेदना व्यक्त गर्नुभएको छ । अमेरिकी विदेशमन्त्री पोम्पियोले चीनसँग हालै भएको संघर्षका कारण मृत्यु भएका भारतीयप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । मृतक सैनिकका परिवार, उनका आफन्तजन र समुदायको स्मरण पनि उहाँले गर्नुभएको छ ।

भारत र चीनको सीमा क्षेत्र गलवान उपत्यकामा गत सोमबार दुवै देशका सैनिकबीच भएको हिंसात्मक झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । चीनतर्फको क्षतिको विवरण भने सार्वजनिक भएको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्