क्वारेन्टाइनबाट घर पठाइएका बाजुराका ४१ जनामा कोरोना पुष्टी – Kanika Khabar
Saturday, April 20Nepali News Portal

क्वारेन्टाइनबाट घर पठाइएका बाजुराका ४१ जनामा कोरोना पुष्टी

    मा प्रकाशित

कनिका संवाददाता
असार ५, बाजुरा
बाजुरामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं प्रयोगशालामा गरिएको परिक्षणबाट बडिमालिका नगरपालिकाका थप ४१ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । कोरोना संक्रमण देखिएका ४० जना बडिमालिका नगरपालिका र १ जना बुढीगंगा नगरपालिकाका हुन् ।

क्वारेन्टाइनबाट घर पठाइसकेका व्यक्तिहरूमा कोरोना देखिएको हो । सूची सहीतको विवरण आउँन बाँकी रहेपनि सबै जना बाजुराको बडिमालिका नगरपालिकाका रहेका र ती सबै जना क्वारेन्टाइनबाट घर गइसकेका मानिसहरू भएको बताइएको छ । संक्रमित ४१ जना मध्ये १५ जना महिला छन् । भने २६ जना पुरुष रहेका छन् ।

४१ जना थपिएसँगै जिल्लामा संक्रमतिको कुल संख्या ६२ पुगेको छ । ती मध्ये २ वर्षकी बालिकाको मृत्यु भइसकेको छ भने एक जना कालिकोटमै उपचार पछि कोरोना जितेर घर फर्किसकेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्