श्रीमान श्रीमती भरुवा बन्दुक सहित पक्राउ – Kanika Khabar
Wednesday, August 26Nepali News Portal

श्रीमान श्रीमती भरुवा बन्दुक सहित पक्राउ

    मा प्रकाशित

कनिका संवाददाता
असार ५, बझाङ
जिल्ला प्रहरी कार्यालय बझाङले भरुवा बन्दुक सहित श्रीमान श्रीमतीलाई पक्राउ गरेको छ । प्रक्राउ पर्नेमा सुर्मागाउँपालिका –२ का लोकबहादुर बोहरा र उनका कान्छी श्रीमती निर्मला विसी रहेका छन् । उनीहरूलाई गाउँ नजिकैको ओडारबाट एक थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने बारुद, केप गोली सहित प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।

एक महिना अघि बोहराले गाउँ नजिकैकी निर्मला बिसीसँग दोस्रो विवाह गरेका थिए । बोहराले दोस्रो विवाह गरेपछि उनकी जेठी श्रीमती रेखा बोहराले प्रहरीमा बहुविवाहको मुद्दा दर्ता गराएकी थिइन् । मुद्दा दर्ता पछि प्रहरीले बोहराको खोज तलास गरिरहेको थियो ।

खोजतलास गर्दै जाँदा ईलाका प्रहरी चौकी दौलीचौरको टोलीले बिहीबार बिहान ४ बजे गाउँनजिकै रहेको ओडारमा बसीरहेको अवस्थामा दुवैलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नेत्रबहादुर बोहराले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्