दाङका सबै वडामा गठबन्धनले साझा उम्मेदवार बनाउने – Kanika Khabar
Wednesday, May 15Nepali News Portal

दाङका सबै वडामा गठबन्धनले साझा उम्मेदवार बनाउने

    मा प्रकाशित

दाङ, २७ चैत ।

दाङका सवै वडाहरुमा साझा उम्मेदवार बनाउने गठबन्धनले निर्णय गरेको छ । आइतबार घोराहीमा बसेको पाँच दलिय गठबन्धनको बैठकले साँझा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेपाली काँग्रेस दाङका सभापति शंकरप्रशाद डाँगी, नेकपा माओबादी केन्द्रका अध्यक्ष सुबास पुन, नेकपा एकीकृत समाजबादीका अध्यक्ष सुरामनी बेलबासे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य र जसपाका अध्यक्ष हेमराज शर्माको संयुक्त बैठकले केन्द्रमा तयार पारेको प्रतिबेदन पठाएको छ ।

दाङबाट पाँच दलिय चुनाबी प्रतिबेदन तयार पारी केन्द्रमा साझा प्रतिबेदन पठाएको हो । उक्त प्रतिबदेनमा गठबन्धन अनुसार साझा उम्मेदवार प्रस्तुत गर्न सके जिल्लाका दशै पालिका र सबै एक सय वडाहरुमा जित्ने दाबी गरिएको छ ।

केन्द्रीय संयन्त्रले मागे अनुसार संयुक्त रुपमा छलफल गरि संयुक्त रुपमा यथार्थ बस्तुस्थितिको बिबरण पठाइएको काँग्रेस जिल्ला सभापति डाँगीले जानकारी दिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्