सांसद विकास कोषको खर्च हुन बाँकी रकम कोरोना कोषमा राख्ने – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

सांसद विकास कोषको खर्च हुन बाँकी रकम कोरोना कोषमा राख्ने

    मा प्रकाशित

कनिका खबर
असार ५, दाङ ।
सांसदहरूले संचालन गर्ने पूर्वाधार साझेदारी कार्यक्रम सांसद विकास कोषको चालु आर्थिक वर्षको खर्च हुन बाँकी रकम कोरोना कोषमा राख्ने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद्को असार २ गतेको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा चालु आर्थिक वर्ष २०७६÷०७७ का लागि छुट्याइएको उक्त कार्यक्रमको खर्च हुन बाँकी रकम सम्बन्धित निर्वाचन क्षेत्रका स्थानीय तहमा गठित कोरोना नियन्त्रण कोषमा राख्ने निर्णय भएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

मन्त्रिपरषद्ले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले सांसदले संचालन गर्ने रकम कोरोना कोषमा राख्नुपर्ने जनमत आएकाले यस्तो निर्णय लिइएको बताए । जनमत पनि आएको र छलफल पनि भएको विषय हुनाले संघीय मामिला मन्त्रालयको प्रस्तावमा निर्णय भएको हो । उक्त रकम असार १५ सम्म कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ । चालु आर्थिक वर्षमाप्रति सांसदले ६ करोड प्राप्त गरेका थिए । आगामी आर्थिक वर्षका लागि भने प्रत्येक निर्वाचित सांसदलाई ४ करोडका दरले ६ अर्ब रकम विनियोजन गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्