सर्लाहीको चन्द्रनगर गाउँपालिकामा घर भत्किँदा एक जनाको मृत्यु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा घर भत्किँदा एक जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असार ५, सर्लाह ।

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा घर भत्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । चन्द्रनगर गाउँपालिका सात बस्ने कैलाश साहको नयाँ बनाउँदै गरेको घरमा खपडाको छाना छाउने क्रममा अचानक घर भत्किँदा सोही ठाउँ बस्ने ६५ वर्षीया देवकली साहको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको मलगंवास्थित श्रीराम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिएका छन् ।

घर भत्किँदा घरधनी कैलाश साहका बुवा ७० वर्षका रामवरण साह, स्थानीय रोशन कापडकी ५ वर्षका छोरी गुन्जना कुमारी र ३ वर्षीया छोरी जानुका घाइते भएको कुँवरले बताउनुभयो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्