दिल्लीमा सर्वदलिय बैठक – Kanika Khabar
Thursday, April 25Nepali News Portal

दिल्लीमा सर्वदलिय बैठक

    मा प्रकाशित

कनिका खवर
असार ५, दाङ ।
गलवान क्षेत्रमा भएको सैनिक झडप र भारतिय सेनाको हाताहाती पश्चातको अबस्थाको बोरेमा दिल्लीमा आज शुक्रवार सर्वदलिय बैठक बसेको छ ।
२० वटा दलहरुलाई बोलाइएको उक्त बैठकमा १० वटा दलहरुले सरकारको खुलेर साथ दिदैँ भने– यस अवस्थामा हामी सबै एकसाथ सरकारको पक्षमा छौँ । सरकारलाई समर्थन गर्ने दलहरुमा तृणमूल, जदयू, बीजद जस्ता दलहरु पनि थिए ।
प्रधानमन्त्री नरेन्द्र मोदीले भने–जसले भारत मातालाई चुनौती दिए उनिहरुलाई सबक सिकाइएको छ । हाम्रो एक इन्च जमीन पनि कसैले लिन सक्दैन ।
शिवसेनाका प्रमुख तथा महाराष्ट्र«का मूख्यमन्त्रि उद्धव ठाकरेले भने– भारत शाक्तिशाली छ, बाध्य छैन् । चीन तर्फ इङ्गित गर्दै भने हाम्रो देशमा यति शक्ति छ कि गिद्धे नजर लगाउनहरुको आखाँ नकालेर हातमा राख्दिन सक्छ ।
कांग्रेस अध्यक्ष सोनिया गान्धीले मोदी सरकारलाई प्रश्न गरेकी थिइन् । उनले भारतिय जासुसी संस्थाको रिपोर्ट, सेटलाइट इमेजको बारेमा मोदिसंग जानकारी मागेकी थिइन् ।
राजनीतिक दलहरुलाई मोदिको ५ सन्देशः
१. हाम्रो सीमामा कसैले पनि घुसपैठ गरेका छैनन् साथै चीनले हाम्रो कुनैपनि पोस्टमा कब्जा गरेको छैन् ।
२. हाम्रा २० जना जवानहरु सहिद भएका छन् तर जसले भारत माताको चुनौती दिएका थिए उनिहरुलाई सवक सिकाइएको छ ।
३. जवानहरु तैनाथ गरिनेछ, एक्शन लिइने छ । जल, स्थल र वायूबाट उनिहरुलाई जवाफ दिनु पर्नेछ । हाम्रो देशको रक्षाको लागि सशस्त्र सेनाले जो गर्नुपर्ने हुन्छ त्यो गर्नेछ ।
४. आज हामीसंग यस्तो ताकत छ कि कसैले पनि हाम्रो एक इन्च जमिनमा पनि आखाँ लगाउन सक्दैन् ।
५. भारतीय सशस्त्र सेनसंग आज त्यो क्षमता छ जसले एकै पटक कयौँ मार्चामा लडाई गर्न सक्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्