कनिका खबर
असार ६, दाङ ।
कोभिड–१९ को महामारी नियन्त्रणका लागि विभिन्न देशमा जारी रहेको बन्दाबन्दीका कारण बिदेशमा रोकिएका २४ नेपालीको शव नेपाल ल्याइएको छ । कतारबाट २०, कुवेतबाट दुई, दुबईबाट र साउदीबाट एक–एक गरि २४ वटा शव हिजो नेपाल ल्याइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
हिजो २४ र यसअघि ल्याएका ५ वटा शव गरी बन्दाबन्दीको अवधिमा २९ वटा शव नेपाल ल्याइएको बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिएका छन् । शवलाई वैदेशिक रोजगार बोर्डले निःशुल्क घर वा आफन्तले सद्गत गर्ने स्थानसम्म पु¥याउनेछ । केही परिवारले शव ढुवानीका लागि बोर्डमा निवेदन दिएका छन् भने केही परिवार काठमाडौं आउन बाँकी छ ।
मा प्रकाशित