विप्लव द्वारा गोर्खा भर्ती खारेजीको माग – Kanika Khabar
Thursday, June 25Nepali News Portal

विप्लव द्वारा गोर्खा भर्ती खारेजीको माग

    मा प्रकाशित

कनिका डेस्क
असार ६, दाङ
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले गोर्खा भर्ती खारेजीको माग गरेको छ । पाटी महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले आज एक विज्ञप्ती जारी गर्दै गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगर्न समेत भारतलाई आग्रह गर्नुभएको छ ।

विप्लवले विज्ञप्ति मार्फत नेपाली युवालाई आफ्नो जन्मभूमिमा श्रम गर्न र भारतीय सेनामा भर्ती भएर भाडावाल लडाकू नबन्न पनि अपील गर्नुभएको छ । गलवान उपत्यकामा चीन र भारत बीचको सीमा विवादका कारण भीडन्त हुँदा भारतीय सेना मारिएको अवस्थामा गोर्खा रेजिमेन्टमा कार्यरत युवालाई बिदा कटाएर फिर्ता बोलाउने काम भएको विज्ञप्तिमा भनिएको छ ।

विप्लवले यो असलग्न राष्ट्रको अबलम्बन गरेको सिद्धान्त विरुद्ध रहेको पनि बताउनुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्