गण्डकी गाउँपालिकाका ५ जना कोरोना जितेर घर फर्किए – Kanika Khabar
Friday, March 28Nepali News Portal

गण्डकी गाउँपालिकाका ५ जना कोरोना जितेर घर फर्किए

    मा प्रकाशित

कनिका संवाददाता
असार ६, गोरखा
गोरखा अस्पतालको आईसोलेसन कक्षमा उपचार गराईरहेका गण्डकी गाउँपालिकाका ५ जना कोरोना जितेर घर फर्केका छन् । गाउँपालिकाका १० जना कोरोना सङ्क्रमित मध्य ४ जना कोरोना जितेर आज घर फर्केको गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरन गुरुङले जानकारी दिनुभयो ।

उनीहरु सँगै अन्य स्थानका ३ गरि ८ जना कोरोना जितेर घर फर्किएका छन् । भिमसेन थापा गाउँपालिकाका दुई जना र पालुङटार नगरपालिकाका एक जनालाई डिस्चार्ज गरिएको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताउनुभयो ।

उनीहरुलाई घर गएपछि पनि आफ्नो स्वास्थ्यको ख्याल गर्न स्वास्थ्यकर्मीले परामर्श दिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्