गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्वपूर्णः प्रधानमन्त्री ओली – Kanika Khabar
Saturday, April 20Nepali News Portal

गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्वपूर्णः प्रधानमन्त्री ओली

    मा प्रकाशित

कनिका खबर
असार ७, दाङ ।
नोबेल कोरोना भाइरस (कोभिड–१९) महामारीविरुद्धको सङ्घर्षमा औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्वपूर्ण हुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
आज छैटौंँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना व्यक्त गर्नु हुँदै प्रधानमन्त्री ओलीले योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न सबैमा आह्वान गरेका छन् । उनले योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज भएको चर्चा गर्नुहुँदै मानसिक अन्तरयात्रामार्फत शारीरिक तथा मानसिक स्वास्थ्यको अध्ययन गर्ने योग शास्त्रको महत्व आधुनिक युगमा झनै बढेको बताए । तनाव, द्वेष, इष्र्या र निन्दाका दुष्प्रभावलाई त्याग्दै समाजलाई स्वस्थ, खुसी र सकारात्मक मनोचेतनातिर लैजान योगलाई मानव जीवनको अङ्ग बनाउन आवश्यक रहेको प्रधानमन्त्री ओलीले टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले आधारभूत स्वास्थ्य सेवाभित्र योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा जोड दिनुहुँदै निरोगी नेपालको उद्देश्य प्राप्ति गरिने धारणा व्यक्त गरेका छन् ।
सन् २०१५ बाट संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेको हो । संसारभर जुन २१ लाई योग दिवसका रूपमा मनाउने गरिएको छ । नेपालमा पनि माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने परम्परा सुरु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्