कनिका संवाददाता
असार ७, काठमाडौँ
नोवेल कोरोना भाइरस तथा अरु बिभिन्न कारणले विदेशमा अलपत्र परेका नेपाली कामदारहरु स्वदेश फर्कने क्रम जारी छ । हालसम्म लगभग ३ हजार नेपाली फर्किसकेका छन् । बिदेशबाट फर्किएका महिला कामदारहरुको पुर्नस्थापनाका लागि सरोकारवाला निकायले पर्याप्त चासो देखाएका छैननन् ।
तलब धेरै पाइने आसले नेपाली महिलाहरु गैरकानुनी रुपमा नै खाडी सहितका मुलुक जाने गरेका छन् । कोभिड १९ का कारण अहिले स्वदेश फर्किरहेका छन् । उनीहरुको पुनस्र्थापनाका लागि गण्डकी प्रदेश सरकारले तयारी गरीरहेको सामाजिक विकासमन्त्री नरदेवी पुनले बताउनुभयो । नेपालबाट बर्सेनि ४ लाखभन्दा बढी महिला कामदार गैरकानुनी रुपमा विदेशिने गरेका छन् । फर्किएर आएका महिला कामदारहरुको व्यवस्थापन र परिवारमा पुनस्र्थापनका लागि बागमति प्रदेशले बिभिन्न योजना बनाएको सामाजीक विकासमन्त्री युवराज दुलालको भनाइ छ । गैरकानुनी रुपमा विदेशिने महिलाहरुले समयमा पारिश्रमिक नपाउँने, यौन हिंसा भोग्नुपर्ने लगायत समस्या हुने गरेको छ ।
अविवाहित भएर विदेशिएका कतिपय महिलाहरु गर्भवति भएर फर्किएका छन् भने कति जनाको काखमा बच्चा छ । उनीहरुलाइ परिवार र समाजमा कसरी पुर्नस्थापन गराउन सकिन्छ भन्ने बारेमा छलफल आवश्यक भएको आप्रवासी महिला कामदारको क्षेत्रमा काम गर्दै आउनुभएका मञ्जु गुरुङ बताउनुहुन्छ ।
वैदेशिक रोजगार विभागका अनुसार हालसम्म ५ सय भन्दा बढी महिला कामदारहरु स्वदेश फर्किसकेका छन् । कुबेत, म्यानमार, इराक जस्ता देशमा गैरकानुनी रुपमा बसिररहेका महिलाहरु घर फर्कदै छन्, तर उनीहरुको पुनस्र्थापनाको लागि सरकारले ठोस योजना बनाएको देखिँदैन ।