विदेशबाट फर्केकाहरूका लागि प्रदेश सरकारहरूको योजना – Kanika Khabar
Thursday, April 16Nepali News Portal

विदेशबाट फर्केकाहरूका लागि प्रदेश सरकारहरूको योजना

    मा प्रकाशित

कनिका संवाददाता
असार ७, काठमाडौँ
नोवेल कोरोना भाइरस तथा अरु बिभिन्न कारणले विदेशमा अलपत्र परेका नेपाली कामदारहरु स्वदेश फर्कने क्रम जारी छ । हालसम्म लगभग ३ हजार नेपाली फर्किसकेका छन् । बिदेशबाट फर्किएका महिला कामदारहरुको पुर्नस्थापनाका लागि सरोकारवाला निकायले पर्याप्त चासो देखाएका छैननन् ।

तलब धेरै पाइने आसले नेपाली महिलाहरु गैरकानुनी रुपमा नै खाडी सहितका मुलुक जाने गरेका छन् । कोभिड १९ का कारण अहिले स्वदेश फर्किरहेका छन् । उनीहरुको पुनस्र्थापनाका लागि गण्डकी प्रदेश सरकारले तयारी गरीरहेको सामाजिक विकासमन्त्री नरदेवी पुनले बताउनुभयो । नेपालबाट बर्सेनि ४ लाखभन्दा बढी महिला कामदार गैरकानुनी रुपमा विदेशिने गरेका छन् । फर्किएर आएका महिला कामदारहरुको व्यवस्थापन र परिवारमा पुनस्र्थापनका लागि बागमति प्रदेशले बिभिन्न योजना बनाएको सामाजीक विकासमन्त्री युवराज दुलालको भनाइ छ । गैरकानुनी रुपमा विदेशिने महिलाहरुले समयमा पारिश्रमिक नपाउँने, यौन हिंसा भोग्नुपर्ने लगायत समस्या हुने गरेको छ ।

अविवाहित भएर विदेशिएका कतिपय महिलाहरु गर्भवति भएर फर्किएका छन् भने कति जनाको काखमा बच्चा छ । उनीहरुलाइ परिवार र समाजमा कसरी पुर्नस्थापन गराउन सकिन्छ भन्ने बारेमा छलफल आवश्यक भएको आप्रवासी महिला कामदारको क्षेत्रमा काम गर्दै आउनुभएका मञ्जु गुरुङ बताउनुहुन्छ ।

वैदेशिक रोजगार विभागका अनुसार हालसम्म ५ सय भन्दा बढी महिला कामदारहरु स्वदेश फर्किसकेका छन् । कुबेत, म्यानमार, इराक जस्ता देशमा गैरकानुनी रुपमा बसिररहेका महिलाहरु घर फर्कदै छन्, तर उनीहरुको पुनस्र्थापनाको लागि सरकारले ठोस योजना बनाएको देखिँदैन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्