नागरिकताको नाममा नागरिकले पाएका अधिकार नखोसौँ : काङ्ग्रेस – Kanika Khabar
Wednesday, August 26Nepali News Portal

नागरिकताको नाममा नागरिकले पाएका अधिकार नखोसौँ : काङ्ग्रेस

    मा प्रकाशित

कनिका खबर
असार ७, दाङ ।
सत्तारुढ दल नेकपाले अंगीकृत नागरिकता ७ वर्षपछि मात्र प्रदान गर्ने निर्णय गराउन लागिरहेको बेला प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले फरक मत राख्ने भएको छ । संसदको प्रमुख प्रतिपक्ष कांग्रेसले नेपाली पुरुषसँग विवाह गरी आएका विदेशी महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिने प्रस्तावित प्रावधान असंवैधानिक रहेको भन्दै नमान्ने निर्णय लिएको हो ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आज बसेको पार्टी पदाधिकारी बैठकले संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सो प्रावधानसहितको विधेयक निणार्यर्थ प्रस्तुत गरेमा समितिमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले फरक मत राखेर असहमति जनाउने निर्णय लिएको हो ।

नागरिकले पाइरहेको संवैधानिक, सामाजिक, सांस्कृतिक अधिकारको विरुद्ध छ रहेको र यसलाई जबर्जस्ती पास गर्न खोजिए कांग्रेसले फरक मत राख्ने मनसाय काङ्ग्रेसले बनाएको छ । कांग्रेस नेताहरुले दिइसकेको अधिकारबाट नागरिकलाई बञ्चित गर्दा सामाजिकरुमपा द्वन्द्व बढ्ने निष्कर्षसमेत निकालेका छन् । राष्ट्रिय सहमतिका आधारमा अन्तरिम संविधान जारी भएको र त्यसकै आधारमा नागरिकता ऐन २०६३ आएको पृष्ठभूमि उल्लेख गर्दै लैगिंक विभेद बढाएर सामाजिक रुपमा द्वन्द्व बढाउने काम नगर्न सत्तारुढ दललाई आग्रह समेत गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्