चक्कु प्रहार गरी तीन जनाको हत्या – Kanika Khabar
Thursday, May 15Nepali News Portal

चक्कु प्रहार गरी तीन जनाको हत्या

    मा प्रकाशित

कनिका खवर
असार ७, दाङ
वेलायतको रीडिंग शहरको एक पार्कमा चक्कु प्रहारको घटनामा तीन जनाको मृत्यु भएको छ भने अरु तीन जना गंभिर घाइते भएका छन् ।
यस घटनालाई “बल्याक लाइब्स म्याटर” नाममा अमेरिकाबाट शुरुभएको रंगभेदि विरुद्धको आन्दोलनसंग नजोडिएको बताइएको छ । घटना स्थलबाटै एकजना २५ वर्षीय युवकलाई प्रहरीले गिरप्mतार गरेको छ ।
यो हमला फारबरी गार्डेनमा स्थानिय समय अनुसार साझको ७ बजे भएको हो । पुलिसले अहिले यो घटनालाई आतंकबादसंग नजोडिएको बताएको छ तर जाँचबुझको लागि आतंकबाद निरोधक अधिकारीलाई पनि बोलाइएको जनाएको छ ।
सुरक्षा सुत्रले बताए अनुसार घटना स्थलबाट गिरफ्तार भएका युवक लीबियाका भएको ठानिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्