कनिका खबर
असार ७, रामेछाप ।
रामेछाप जिल्लामा एकै पटक १३ जनाले कोरोना भाइरस जितेका छन् । १७ दिन अघि कोरोना सङ्क्रमण पुष्टि भएर जिल्ला अस्पतालमा भर्ना भएका १३ जना संक्रमितको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । जिल्ला अस्पताल रामेछापमा भर्ना भएका लिखु तामाकोसी गाउँपालिकाका ११ जना र गोकुलगंगा गाउँपालिकाकाका तीन जना गरी १३ व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका कोरोना रोग सम्पर्क व्यक्ति डा. आनन्द आचार्यले जानकारी दिए । निको भएकालाई प्रमाणसहित अस्पतालबाट डिस्चार्ज गरिएको छ । रामेछाप जिल्लाका २३ जनामा कोरोना संक्रमण देखिएकोमा अझै १३ जना भने उपचारमै रहेका छन् ।
मा प्रकाशित