सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावमा काङ्ग्रेसको फरक मत – Kanika Khabar
Friday, April 26Nepali News Portal

सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावमा काङ्ग्रेसको फरक मत

    मा प्रकाशित

 

कनिका खबर

असार ७, काठमाडौँ ।

प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र  अङ्गीकृत नागरिकता दिने प्रस्तावमा फरक मत राखेको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा यसबारे आज आइतबार भएको छलफलमा कांग्रेस सां‌सद दिलेन्द्रप्रसाद बडू,  देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, अमरेशकुमार सिंह, मीना पाण्डे र विनोद चौधरीले फरक मत दर्ता गराएका हुन् ।

कांग्रेसले हाल राज्य व्यवस्था समितिमा प्रस्तावको रुपमा आएको र सत्तारुढ नेकपाले सहमति गरेको वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि दिने प्रस्ताव यसअघि दलीय सहमतिमा बनेको नागरिकता ऐन २०६३ को विपरीत रहेको बताएको छ । नागरिकतामा गरिने नयाँ व्यवस्थाले संवैधानिक, सामाजिक र पारिवारिक जटिलता देखिने कांग्रेसको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्