क्वारअन्टिनमा योग अभ्यास – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

क्वारअन्टिनमा योग अभ्यास

    मा प्रकाशित

कनिका खबर
असार ७, कालिकोट ।
छैटौँ अन्र्तराष्ट्रिय योग दिवसको अवसरमा कालिकोटमा क्वारअन्टिनमा बसेकालाई योग अभ्यास गराइएको छ । जिल्लाको सदमुकाम मान्ममा रहेको पञ्चदेवल उच्च माध्यमिक विद्यालयको क्वारअन्टिनमा रहेका नागरिक, स्वास्थ्यकर्मी, शिक्षाकर्मी, स्वयमसेवक र केही स्थानीयलाई योगा सिकाइएको हो । योगा अभ्याससँगै उनीहरुलाई आयुर्वेद औषधी समेत दिइएको छ ।
घरमा योग, परिवारका साथ योग भन्ने मुल नारालाई सार्थक बनाउदै जिल्ला स्वास्थ्य कार्यालय आयुर्वेद शाखा कालिकोटको आयोजनामा कार्यक्रम गरिएको हो । कालिकोट जिल्लाका स्थानीय तहमा पाइने कच्चा पदार्थ गुर्जो, अमला र अश्वगन्धा आयुर्वेद औषधी बन्ने र नियमित सेवनले स्वास्थ्यमा कुनै समस्या नहुने कार्यक्रमका प्रशिक्षक स्वास्थ्य कार्यालय कालिकोटका बरिष्ठ बैद्य लक्ष्मी प्रसाद पाण्डेले बताए । कोभिड–१९ लाई लक्षित गदै ५० किलो गुर्जो, २० किलो अश्वगन्धा र ३० किलो अमला तयार गरेको उहाँले बताए ।
कालिकोटमा रहेका क्वारअन्टिनको अवस्था हेरी योग अभ्यास तथा औषधी वितरणको कार्यलाई निरन्तरता दिनु आवश्यक रहेका स्वास्थ्य सेवा कार्यालय कालिकोटका डाक्टर भिष्म पोख्रेलले बताए । नियमित योग र आयुर्वेद औषधी सेवनले रोगप्रतिरोधात्मक क्षमता बढाउने उनको भनाइ छ । योग दिवसको अवसरमा सम्पुर्णमा शुभकामना दिदै आयुर्वेद शाखाले वितरण गरेका औषधी नियमित प्रयोग गर्दा स्वास्थ्यमा कुनै किसीमको समस्या नहुने आयुवेर्द शाखा प्रमुख डाक्टर प्रज्ञा उपाध्यायले बताइन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्