कनिका खबर
असार ८, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार नेपालका ७६ वटा जिल्लामा कोरोना सङ्क्रमण देखिएको छ । अहिलेसम्म कोरोना सङ्क्रमण नदेखिएको जिल्ला रसुवा मात्र रहेको छ ।
गएको जेठ ३२ गते रुकुमपश्चिममा संक्रमण पुष्टि भएको थियो । त्यसपछि सङ्क्रमण नदेखिएका ३ जिल्लामा पनि सङ्क्रमण भेटिएको छ । मनाङ, मुस्ताङ र ओखलढुंगामा सङ्क्रमण देखिएको हो । मुस्ताङमा ८३ वर्षका वृद्धमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । हिजो ओखलढुंगामा सङ्क्रमण भेटिएपछि ७६ जिल्लामा सङ्क्रमण भेटिएको पुष्टि भएको हो । ओखलढुंगाको लिखु गाउँपालिकाका २८ वर्षका युवामा कोरोना पुष्टि भएको हो ।
तर स्वास्थ्य मन्त्रालयले ओखलढुंगामा सङ्क्रमण भेटिएको पुष्टि गर्न बाँकी छ । अब वाग्मती प्रदेशको रसुवामा मात्रै संक्रमण देखिएको छैन । कोरोनाबाट निको भएर डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ छ ।
मा प्रकाशित