गण्डकी देशमा थपिए २० जना कोरोना सङ्क्रमित – Kanika Khabar
Thursday, April 25Nepali News Portal

गण्डकी देशमा थपिए २० जना कोरोना सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
असार ८, दाङ ।
गण्डकी प्रदेशमा थप २० जना कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो अद्यावधिक अनुसार स्याङ्जा र नवदपरासीपूर्वका २० जना सङ्क्रमित थपिएका हुन् । दुई महिलासहित १९ पुरुष थपिएका छन् । यो तथ्याङ्कसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या ५ सय ४० पुगेको छ । नयाँ थपिनेमा स्याङ्जाका १२ जना र नवलपरासी पूूर्वका ८ जना रहेका छन् ।

स्याङ्जाको अर्जुनचौपारीका ७ वर्षका ३ बालक सहित १६, ३०, ३१, ३० र ३८ वर्षका पुरुष र ६ वर्षकी बालिका सहित ५० वर्षकी एक महिला रहेकी छन् । त्यस्तै कालीगण्डकी गाउँपालिकाका १४ र ४८ वर्षका पुरुष रहेका छन् ।
यस्तै नवलपरासी पूर्वका बौदीकाली गाउँपालिकाका ८ जना पुरुष रहेका छन् ।

गण्डकी प्रदेशका ५४० जना सङ्क्रमितमध्ये ५५ जना निको भएर घर फर्किएका छन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्