आज पनि विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याइने – Kanika Khabar
Friday, April 26Nepali News Portal

आज पनि विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याइने

    मा प्रकाशित

कनिका खबर
असार ८, दाङ ।
नोबेल कोरोना भाइरसका कारण बिभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई आज पनि स्वदेश ल्याइने भएको छ । नेपाली ल्याउनका लागि २ वटा विमान आज बिहानै उडिसकेका छन् । हिमालय एयरलाइन्सको एउटा विमान माल्दिभ्स उडेको छ भने हिमालयकै अर्को विमान पाकिस्तानको इस्लामावादका लागि उडेको छ ।
अबको केही बेरमा नेपाल वायुसेवाको एउटा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ । यो विमानले बहराइनमा अलपत्र नेपाली लिएर आउन लागेको हो । स्वास्थ्य सामग्री खरिदका लागि हिमालयको एउटा जहाज भने चीनतर्फ उडेको विमानस्थल स्रोतले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्