स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता बारे आज छलफल हुने – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता बारे आज छलफल हुने

    मा प्रकाशित

कनिका खबर
असार ८, काठमाडौँ ।
नोबेल कोरोना भाइरस (कोभिड १९) को समयमा स्वास्थ्य सामग्री खरिदमा भएको भनिएको अनियमितताबारे आज संसदीय समितिमा छलफल हुने भएको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले यस बारेमा छलफल गर्न स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागका अधिकारीलाई बोलाएको छ ।
बिहान ११ बजे सिंहदरवारमा सुरु हुने समितिको बैठकमा स्वास्थ्य सचिव र स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई बोलाइएको छ । लेखा समितिले स्वास्थ्य सामग्री खरिदसम्बन्धी अधिकांश कागजात यसअघि नै सङ्कलन गरेको छ । तिनै कागजातका आधारमा समितिका सदस्यहरूले आजको बैठकमा विचार राख्नुका साथै प्रश्न राख्नेछन् ।
सरकारले चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी नामक कम्पनीसँग सम्झौता गरेको थियो । तर उसले पहिलो चरणमा औषधि र अन्य स्वास्थ्य सामग्री आपूर्ति गरेपछि सरकारले समयमा आपूर्ति गर्न नसकेको भन्दै सम्झौता रद्द गरेको थियो । बजार मूल्यभन्दा महङ्गोमा खरिद गरेको र प्रक्रिया मिचिएको भन्दै सरकारको चौतर्फी आलोचना भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्