पार्टी कार्यालयमा स्कुल सञ्चालन भएको प्रति काङ्ग्रेसको आपत्ति – Kanika Khabar
Saturday, April 20Nepali News Portal

पार्टी कार्यालयमा स्कुल सञ्चालन भएको प्रति काङ्ग्रेसको आपत्ति

    मा प्रकाशित

गोपाल शर्मा भट्टराई
असार ८, दाङ ।
नेपाली काङ्ग्रेस दाङ क्षेत्र नं ३ ले सरकारी विद्यालयको गतिविधि राजनीतिक दलको पार्टी कार्यालयबाट सञ्चालन भएको प्रति आपत्ति जनाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ६मा रहेको माध्यमिक विद्यालय सेन्टर तुलसीपुरले विद्यार्थी भर्ना र पाठ्यपुस्तक नेकपाको पार्टी कार्यालयबाट गरिरहेको विषय सार्वजनिक भए पनि नेपाली काग्रेस क्षेत्र नं ३ले यसको विरोध गर्दै शैक्षिक गतिविधि पार्टी कार्यालयबाट नभएर शैक्षिक थलोबाट गर्न समेत आग्रह गरेको छ । नेपाली काग्रेस दाङ क्षेत्र नं ३का क्षेत्रीय सभापति जगत बहादुर खडका, निर्वाचन क्षेत्र (क)का सभापति घनश्याम ढकाल, (ख)का सभापति खिम बहादुर वलीले संयुक्त रुपमा विज्ञप्ती निकालेर यस्तो बताएका हुन ।
‘शिक्षा जस्तो गम्भीर विषयमा राजनीतिकरण गरिनु हुदैन, तुलसीपुरमा रहेको सरकारी विद्यालय सत्तारुढ राजनीतिक दल ९नेकपा०को पार्टी कार्यालयमा सञ्चालन भएको खवरले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तीमा भनिएको छ, माध्यामिक विद्यालय सेन्टर तुलसीपुरले नयाँ शैक्षिक सत्रको भर्ना र पाठ्यपुस्तर वितरण जस्ता कार्यक्रमहरु नेकपाको तुलसीपुरमा रहेको कार्यालयबाट हुनुले शिक्षालाई पार्टीकरण गर्ने प्रयास भएको हाम्रो बुझाई छ ।’
बालबालिकाको भविष्य जोडिएको शिक्षामा राजनीतिक सन्देश दिने गरि राजनीतिक दलको कार्यालयमा विद्यालय चनाउने कार्य प्रति हाम्रो घोर आपत्ती जनाउदै सत्ताको आडमा हुने यस्ता कार्यहरु तत्काल रोक्न र शिक्षालाई शैक्षिक थलोबाट नै सञ्चालन गर्न आग्रह गर्दछौ विज्ञप्तीमा भनिएको छ । तत्काल त्यस्ता कार्य रोकन पनि आग्रह गरिएको छ ।
कलिला बालबालिकाहरुलाई जवरजस्त राजनीति सन्देश प्रवाह नगर्न पनि अनुरोध गर्दछौ । दलको कार्यालयबाट विद्यालयको गतिविधि सञ्चालन गर्ने विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई तत्काल कारवाही गर्न तुलसीपुर उपमहानगरपालिकासंग जोडदार माग गर्दछौ, र शिक्षा जस्तो महत्वपूर्ण विषयमा कार्यरत विद्धान कर्मचारीहरुलाई यस्ता गतल कार्य गर्नेहरुको निगरानी बढाउन अनरोध गरिएका छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्