भारत र चीनबीचविचको सीमा विवाद समाधानका लागि वार्ताको तयारी – Kanika Khabar
Thursday, June 12Nepali News Portal

भारत र चीनबीचविचको सीमा विवाद समाधानका लागि वार्ताको तयारी

    मा प्रकाशित

कनिका खबर
असार ८, दाङ ।
भारत र चीनबीच अनुमानित सीमालाई लिएर विवाद बढ्दै गएपछि वार्ताको तयारी गरिएको छ । अनुमानित सीमा रेखा (एलएसी) मा तनाव बढ्दै गएपछि समस्या समाधानका लागि भारत–चीनका सैन्य अधिकारीहरुबीच आज फेरि वार्ता हुने भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार दुबै देशका सैन्य अधिकारी स्तरीय बैठक चीनको मोल्डो क्षेत्रमा हुनेछ । बैठकमा भारतको तर्फबाट लेफ्टिनेन्ट जनरल हरिन्दर सिंहले नेतृत्व गर्नेछन् भने चीनको तर्फबाट मेजर जनरल लियु लिनले नेतृत्व गर्नेछन । गलवान घाटीमा दुई देशबीच भएको झडपमा दुबै देशका सैन्य अधिकारीहरु मारिएपछि तनाव उत्पन्न भएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्