पाल्पामा पहिराे, दुईवटा गाडी बगे – Kanika Khabar
Friday, March 29Nepali News Portal

पाल्पामा पहिराे, दुईवटा गाडी बगे

    मा प्रकाशित

कनिका खबर

असार ८, पाल्पा ।

पाल्पामा पहिराे जाँदा दुई वटा गाडी बगेका छन् । पाल्पाको तानसेन रिडी सडक खण्ड अन्तर्गत तानसेन नगरपालिका-११ स्थित सम्मोबारी भन्ने ठाउँमा पहिरो गएकाे हाे। पहिरोले एउटा ट्याङ्कर र एउटा मिनीट्रक बगाउँदा दुई जनाको शव भेटिएको पाल्पाका डिएसपी मदन गिरीले जानकारी दिएका छन् ।

डीएसपी गिरीले भने, ‘पहिरोले दुई वटा गाडीलाई सडकबाट तल झारेको छ । तर पुरिसकेको अवस्था भने छैन । पहिरोले बगाएको सवारी साधनमा कति जना मानिस सवार थिए भन्ने यकिन हुन सकेको छैन । हामी उद्धारमा रहेकाले यो भन्दा बढी भन्ने सक्ने अवस्था छैन ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्