सन् २०३६ सम्म रुसमा भ्लादिमीर पुटिन राष्ट्रपति ! – Kanika Khabar
Friday, April 19Nepali News Portal

सन् २०३६ सम्म रुसमा भ्लादिमीर पुटिन राष्ट्रपति !

    मा प्रकाशित

कनिका खवर

असार ८, दाङ ।

रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले त्यहाँका मतदाताहरुले संविधानमा गर्नलागिएको संसोधनलाई स्विकार गरेमा फेरी एक अर्को कार्यकालको लागि आफूले विचार गर्न सक्ने बताएका छन् । अन्तर्राष्ट्रिय मीडिया रिपोर्ट अनुसार रुसमा २५ जुन देखि १ जुलाईसम्म देशभरमा मतदान हुँदैछ । सन् २०२४ मा पुटिनको कार्यकार सकिदै छ । यदि संविधान संशोधन भयो भने पुटिनलाई पुन ६–६ वर्षका लागि दुईपटक राष्ट्रपति हुने बाटो खुल्नेछ ।

पुटिन सन् २०००मा पहिलो पटक राष्ट्रपति बनेका थिए । मेदवेदेव रुसको राष्ट्रपति भएको वेलामा राष्ट्रपतिको कार्यकाल ६ वर्षको बनाइएको थियो । पुटिन पहिलो पटक ७ में २०००मा राष्ट्रपति बनेका थिए । उनको पछिल्लो कार्यकाल २००८मा समाप्त भएको थियो । त्यस पश्चात मेदवेदेव पुनः राष्ट्रपति भएका थिए भने पुटिन प्रधानमन्त्री भएका थए तर सरकारको कमान भने पुटिनकै हातमा थियो । सन २०१२ मा पुटिन पुनः राष्ट्रपतिमा निर्वाचित भए भने मेदवेदेव प्रधानमन्त्री बने ।

७ में २०२० मा पुटिन राष्ट्रपतिको पदमा रहेको १६ वर्ष पुरा भएको थियो । यस अवधिमा रुसमा धेरै परिवर्तनहरु भएका छन् भने राष्ट्रपतिको रुपमा पुटिनले आफूलाई निकै मजुबुद बनाएका छन् । पुटिन राष्ट्रपति हुनु भन्दा पहिला १५ वर्षसम्म रुसको खुफिया एजेन्सी केजीबीमा जासूसको रुपमा विदेशमा काम गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्