दक्षिण कोरियामा कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु – Kanika Khabar
Friday, April 26Nepali News Portal

दक्षिण कोरियामा कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु

    मा प्रकाशित

बिबिसी
असार ८, दाङ ।
दक्षिण कोरियाले अहिले आफ्नो देशमा कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएको बताएको छ । सङ्क्रमणको पहिलो झट्कलाई सावधानीपूर्वक सामना गरेको र दोस्रो लहर लामो समय रहन सक्ने रोग नियन्त्रण केन्द्र कोरियाले बताएको बीबीसीले जनाएको छ ।

मे महिनामा नयाँ सङ्क्रमण शून्य नजिक र्पुयाएको भए पनि पछिल्ला दिनमा नयाँ सङ्क्रमण पुष्टि हुन थालेको र यो सङ्क्रमणको दोस्रो लहर भएको केन्द्रले बताएको खबरमा उल्लेख छ । रोग नियन्त्रण केन्द्र कोरियाले देश कोरोना सङ्क्रमणको दोस्रो लहरको कब्जामा गएको बताएलगत्तै राजधानी सियोलका मेयरले कडा सामाजिक दुरीमा फर्कनुपर्ने बताएको बीबीसीले जनाएको छ ।

दक्षिण कोरियाले कोरोना सङ्क्रमणको पहिलो चरणमा भाइरससँग लड्न देशलाई बन्द गर्नुभन्दा आक्रामक ट्रयाक, ट्रेस र परीक्षण गर्दै स्वैच्छिक सामाजिक दुरीको उपाय अपनाएको थियो ।

दक्षिण कोरियामा १२ हजार चार सय ३८ जनामा कोरोना सङ्क्रमण देखिएकोमा दुई सय ८० जनाको ज्यान गएको छ भने १० हजार आठ सय ८१ जना उपचारपछि निको भएका छन् ।

यसैबीच विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट ९० लाख ८० हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये चार लाख ७१ हजारभन्दा धेरैको मृत्यु भएको छ भने ४८ लाख ६३ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्