लमहीमा डायलासिस सेवा लिन आउनेहरुको चाप बढदै – Kanika Khabar
Saturday, April 27Nepali News Portal

लमहीमा डायलासिस सेवा लिन आउनेहरुको चाप बढदै

    मा प्रकाशित

सरद सागर देबकोटा
असार ८, लमही ।

 

लमहीमा रहेको मृगौला डायलासिस सेन्टरमा उपचारका लागि आउनेहरुको चाप बढेको छ। लकडाउनको समयमा नियमित डायलासिस गर्नुपर्ने टाढाका बिरामीहरुलाई रोटरी क्लब अफ लमहीले विभिन्न सहयोगि दाताहरुमार्फत आवास सहित खानाको व्यवस्था गरेपछि बिरामीहरुले खुशी व्यक्त गरेका छन् । बुटवल देखि पश्चिम नेपालका बिरामीहरुलाई सेवा प्रवाह गर्ने उद्देश्यले स्थापित मृगौला रोग उपचार केन्द्र लमहीलाई सेवा प्रवाहका लागि भने भौतिक पुर्वाधार बिस्तारको खाँचो रहेको रोटरी क्लब अफ लमहीमा अध्यक्ष रबिलाल आचार्यले बताए ।
लमहीको मृगौला डायलासिस सेन्टरबाट घोराहीका ९ जना, तुलसीपुरका ३ जना, नेपालगजका २ र त्रिबि शिक्षण अस्पतालमा उपचार गराएका २ जना र अन्य गौतम बुद्ध मुटुतथा मृगौला उपचार केन्द्र बुटवलमा उपचार गराएका हरुले सेवा लिएका छन् ।
घोराहीबाट उपचारका लागि आउने बिरामीहरुलाई घोराही उपचमहानगर पालिका वडा नम्बर १५का वडा अध्यक्ष रमेश पान्डेको समन्यमा घोराही उपमहानगपालिका वडा नम्बर १४, १५, र १६का मृगौला बिरामीहरुलाई लकडाउनको समयमा लमहीमा आएर डायलसिस गरी जानेआउने ब्यबस्था मिलाईएको छ ।
लमहीमा रहेको मृगौला डायलासिस सेन्टरमा आउने बिरामीको चाप बढेसँगै त्यसको ब्यबस्थापनमा केही जटिलता देखा परेकोले बिरामीलाई कसरी सहज र भरपर्दो सेवा दिन सकिन्छ भन्ने विषयमा स्थानीय सरकार र सरोकारवालासँग परामर्श गरी अघि बढ्न आवश्यक रहेको रोटरी क्लब अफ लमहीमा अध्यक्ष रबिलाल आचार्यले जानकारी दिए ।
प्युठान जिल्ला बडडाँडाँका केशब थापा लमहीको डायलासिस सेन्टरमा उपचारको लागि आएको दुई महिना भयो । लकडाउनका कारण घरबाट आउन जान समस्या भएपछि बिगत २ महिनादेखि उनी लमहीको रातोडाडामा रहेको रोटरी क्लब अफ सेनटरल बुटवलको मातहतमा रहेको रोटरी क्लब अफ लमहीद्वारा सञ्चालित डायलासिस सेन्टरमा नियमित मृगौला डायलासिस गर्दे आएका छन् । विगत तिन वर्षदेखि मृगौलाको डायलासिस गर्दे आएका थापाले यसअघि बुटवलबाट डायलासिस गर्दै आएकोमा लमहीमा मृगौला डायलासिस सेन्टर खुलेपछि लमहीबाट डायलासिस सेवा लिदै आएको बताए ।
कोभिड १९का कारण घरदेखि उपचार सेन्टरसम्म आउन असजिलो भएकाका कारण लमहीमा बस्दै आएका थापा रोटरी कलबको सहयोगमा आवास सहितको व्यवस्था भएपछि आफूलाई उपचारमा सहज भएको बताउछन् । थापाजस्तै लमहीमा रहेको डायलासिस सेन्टरमा अहिले मृगौला फेल भएर डायलासिस सेवा लिन आउने हरुको चाप बढेको छ ।
२०७६ साल माघ २२ गतेदेखि सेवा आरम्भ भएको यहाँको डायलासिस सेन्टरमा अहिले १३ जनाले सेवा लिईरहेका छन् भने हालसम्म सेवा लिनेको सख्या ४३ पुगेको रोटरी क्लब अफ लमहीका अध्यक्ष रबिलाल आचार्यले बताए । लमहीमा रहेको मृगौला डायलासिस सेन्टरमा दाङ, प्युठान, सल्यान , रुकुम, बाके , सुर्खेत, लगायतका जिल्लाहरुबाट उपचारको लागी आउने गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्