लमही खानेपानी संस्थालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान – Kanika Khabar
Thursday, March 28Nepali News Portal

लमही खानेपानी संस्थालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान

    मा प्रकाशित

सरद सागर देबकोटा
असार ८ ,लमही

गढवा गाउँपालिकावडा नम्बर ५का अध्यक्ष प्रकाश भण्डारीले लमही खानेपानी उपभोक्ता सस्थालाई आज स्वास्थ्य सुरक्षाा सामग्री प्रदान गरेका छन् । कोरोना भाइरस संक्रमणको सम्भाव्य जोखिमबाट बच्न वडा अध्यक्ष भन्डारीले सेवाग्राहीको ज्वोरो नाप्ने एक थान र्थमल गन, तिन थान पिपिई सेट, माक्स र सेनिटाईजर उपलब्ध गराएका हुन् ।
कोरोना भाईरसको जोखमको बिच महसुल काउन्टरमा काम गर्ने कर्मचारी सहित खानेपानीको महसुल बुझाउन आउने उपभोक्ताहरुलाई भाइरसको जोखिमबाट बचाउन आफुले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको वडा अध्यक्ष भण्डारीले बताए ।
चैत्र ११ गतेदेखि सरकारले जारी गरेको लकडाउनका कारण दुई महिनासम्म बन्द भएको लमही खानेपानीको महसुसल काउन्टर यही असार १ गतेदेखि सञ्चालनमा आएको छ भने उपभोक्ताहरुको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी आजदेखि लमही खानेपानीले पानी महसुल बुझाउन आउने सेवाग्राहीको ज्वोरो नाप्ने ब्यबस्था मिलाएको छ ।
संस्थाका उपाध्यक्ष लिला शाहको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव सनम पौडेलले गरेका हुन् भने संस्थालाई स्वासथ्य सुरक्षा सामग्री उपलब्ध गराएको मा कोषाध्यक्ष जग बहादुर चौधरी, कार्यालय सचिब भगबति प्रसाद चौधरीले वडा अध्यक्ष भण्डारीलाई धन्यबाद दिएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्