रुस र अमेरिका वीचमा आणविक हतियार सम्बन्धि वार्ता । – Kanika Khabar
Wednesday, March 11Nepali News Portal

रुस र अमेरिका वीचमा आणविक हतियार सम्बन्धि वार्ता ।

    मा प्रकाशित

कनिका खवर
असार ८, दाङ ।
बढ्दो तनाव र मतभेदको पृष्ठभूमिमा उनिहरु विचमा भएको अन्तिम ठूलो आणविक हतियार संझौताले हतियार नियन्त्रणमा कुनै मूल्य राख्छ की, भनेर वार्ता गर्नका लागि अमेरिका र रुस आज सोमबार भियानामा भेट भएका छन् ।
अमेरिकी राजदूत मार्शल बिलिन्स्लेवा र रसियन उप विदेश मन्त्री सर्गेइ र्याबकोभले “न्यू स्टार्ट ट्रिटी” को भविष्यको बारेमा छलफल गरे जुन सन्धि सन् २०१० भएको थियो भने फेब्रुअरी २०२१ मा समाप्त हुनेछ।
वर्तमान सन्धिले प्रत्येक पक्षलाई आणविक हतियारको तैनातीलाई १५५० मा सिमित गरिदिएको छ ।
स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसंधान संस्थानका श्यानन किले का अनुसार, ू“न्यू स्टार्ट ट्रिटीमा गतिरोध र अन्य आणविक हतियार नियन्त्रण सन्धिहरूको खारेजीले रूस र संयुक्त राज्य अमेरिकाबीचको द्विपक्षीय आणविक हतियार नियन्त्रण सम्झौताको युग अन्त हुने संकेत गर्दछ ।”
संस्थानको पछिल्लो अनुसन्धानका अनुसार रसियाका ६३७५आणविक वारहेडहरू छन् र अमेरिकामा ५८०० छ।
रसियन राजनीतिक विश्लेषक फ्योदोर लुक्यानोभले भने भियनामा कुनै प्रगति हुने आशा गर्नुपर्ने कुनै कारण छैन् । “ट्रम्प प्रशासनले विगतमा सहमति भएका सन्धि सम्बन्धी सबै प्रतिबन्धहरूलाई अस्वीकार गरेको छ”,लुक्यानोभले भने।
यस अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले रुससँग,आणविक हतियासँग सम्बन्धित, गरेका धेरै संझौताहरु खारेज गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्