लकडाउनमा ‘तरकारी राजनीति’ – Kanika Khabar
Saturday, April 20Nepali News Portal

लकडाउनमा ‘तरकारी राजनीति’

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख १३, दाङ ।

कोरोना संक्रमणको जोखिमबाट जोगिन सरकारले लकडाउन लागु गरेपछि घोराही बजार क्षेत्रमा खाद्यान्न तथा तरकारी जन्य पदार्थको आपूर्ती सहज कसरी बनाउने भन्ने बहस सुरु भएको छ । लकडाउनको सुृरुवाती चरणमा विहान ६ बजेदेखि ९ बजे सम्म प्रत्येक दिन खाद्यान्न तथा तरकारी पसलहरु खोल्ने निर्णय बदलिएर हप्ताको तीन दिन मात्रै यस्ता पसलहरु खुल्न दिनेगरी व्यवस्थापन गरियो । यो बिचमा सर्वसाधारणको घरमै यस्ता अत्यावश्यक सामानहरु पु¥याउनका लागि होम डेलिभरी सेवा सुरु भयो । यसको समन्वय दाङ जिल्ला उद्योग वाणिज्य संघले ग¥यो । उद्योग वाणिज्य संघको समन्वयमा गरिएको होम डेलिभरी सेवाले सर्वसाधारणहरुलाई ठूलो राहत पु¥याईरहेकै छ । तथापि पछिल्लो समयमा भने घोराही क्षेत्रको लकडाउन तरकारी राजनीतीले तातेको छ । केही तरकारी व्यवसायीहरुले उद्योग वाणिज्य संघलाई लगाएको आरोप र उद्योग वाणिज्य संघले यसका बिरुद्ध लिएको एक्सनले तरकारी राजनीती छरपष्टै बनेको छ ।

उद्योग वाणिज्य संघलाई घोराही १४ का एक व्यक्तिले तरकारी ब्यापारमा कालोबजारी गरेको आरोप लगाए । उनले सामाजिक सञ्जालमै पटक पटक उद्योग वाणिज्य संघ बिरुद्ध तथानाम गालीगलौज गरेको भन्दै उद्योग वाणिज्य संघ रुष्ट बन्यो । ‘हामीहरुले सामाजिक सञ्जालमा पटक पटक गालीगलौज गर्ने ती व्यक्तिलाई छलफलका लागि बोलायौँ, तर उनी आएनन्,’ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालले कनिकन खबरलाई भने ‘झन पछि झन गालीगलौज गर्न थालेपछि हामीहरु एक्सनमा जानु प¥यो ।’ उद्योग वाणिज्य संघले फेसबुकमा तथानाम लेख्ने ती व्यक्ति बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दियो । प्रहरीले ती व्यक्तिलाई नियनत्रणमा लियो र दुईपक्षीय सहमतिमा ती व्यक्ति छुटे । मुस्लिम समुदायका ती व्यक्तिलाई उद्योग वाणिज्य संघले नियोजित रुपमा फसाएको भन्दै नेकपाको भातृसंगठन मुस्लिम संगठनले विज्ञप्ति जारी ग¥यो । संगठनका जिल्ला अध्यक्ष अताउल गनीले उद्योग वाणिज्यसंघले सामाजिक सञ्जालमा लेखेको भन्दै गरिएको उजुरीको निन्दा गरे । तर मुस्लिमहरुको साझा संगठनका जिल्ला उपसंयोजक अब्दुल सिद्धिकीले भने आफ्नै संगठनको नाममा जारी भएको विज्ञप्तिको बिरोध गरे । ‘जिल्ला शाखा दाङबाट जुन खालको विज्ञप्ति आयो, जिल्ला संयोजकले आफू खुशी जिल्लाका साथीहरुसँग कुनै सरसल्लाह नै नगरी संगठनको नाम जोडेका हुन्,’ सामाजिक सञ्जालमा सिद्धिकीले लेखेका छन् ‘जिल्ला संयोजकले आगामी दिनमा कसैको व्यक्तिगत कुरालाई संस्थागत नगर्न अनुरोध गर्दछु ।’

सामाजिक सञ्जालमा तरकारीको कालोबजारी गरेको भन्दै सामाजिक सञ्जालमा लगाईएको आरोपले एउटा समुदाय सम्मै मत भिन्नता प्रकट गरिदिएको छ । यसको मुल कारण भनेकै तरकारी राजनीति हो । तरकारी घरसम्मै पु¥याएर तरकारी व्यवसायमाथि सिण्डिकेट लादेको मात्रै नभई कालोबजारी समेत गरेको आरोप लागेको उद्योग वाणिज्य संघले भने यसमा आफ्नो समन्वय मात्रै भएको वताउँछ । होम डेलिभरी मार्फत उनै तरकारी व्यवसायीहरुले नै व्यवसाय गर्दै आएको भन्दै उद्योग वाणिज्य संघले प्रश्न गरेको छ ‘कसरी सिण्डिकेट, अनि कसरी उद्योग वाणिज्य संघको कालोबजारी ?’ भारतबाट आयातीत तरकारी विक्री भएको भन्दै स्थानीयहरुबाट बिरोध भएपछि उद्योग वाणिज्य संघले स्थानीय उत्पादनलाई मात्रै बिक्री गर्न व्यवसायीहरुलाई भनेको थियो । ‘स्थानीय स्तरबाटै भारतबाट आउने तरकारी बन्द गर्नुपर्ने आवाज उठेपछि त्यसलाई रोक्नु दायित्व भित्रको कुरा हो,’ उद्योग वाणिज्य संघका एक पदाधिकारीले भने ‘तर यसलाई सिण्डिकेट भनेर व्याख्या गर्नु कति जायज हो ?’ उद्योग वाणिज्य संघले तरकारी होमडेलिभरीमा आफ्नो समन्वय मात्रै रहेको भन्दै आफूमाथि लगाईएका सबै आरोप मिथ्या भएको दाबी गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्