आज पनि देशभर सामान्य बदली रहने – Kanika Khabar
Friday, September 11Nepali News Portal

आज पनि देशभर सामान्य बदली रहने

    मा प्रकाशित

कनिका डेस्क
असार ९, दाङ
देशमा मनसुनी वायुको प्रभाव बढेकाले आजपनि देशभर सामान्य बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ । आज दिउँसो र साँझ मौसम बदली भई पानी पर्ने जल तथा मौसम पूर्वाननुमान महाशाखाले जनाएको छ । प्रदेश १ र सुदूरपश्चिमका केही ठाउँमा पानी परेको हो । प्रदेश २, वाग्मती, गण्डकी, प्रदेश ५ र कर्णालीमा पनि हल्कादेखि मध्यम वर्षा भैरहेको छ । मनसुन सक्रिय भएकाले छिनछिनमै मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले निकालेका मासम बुलेटिनमा उल्लेख छ ।

आज प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का एक दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । भारी वर्षा हुने क्षेत्रका इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, कैलाली, कञ्चनपुरका ठूला साना नदीमा पानीको बहाव बढ्ने भएकाले थप सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्