सुदुरपश्चिम प्रदेशमा थपिए ४९ जना सङ्क्रमित – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

सुदुरपश्चिम प्रदेशमा थपिए ४९ जना सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
असार ९, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार सुदूरपश्चिम प्रदेशमा थप ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो । सोमबारसम्म सङ्क्रमितको सङ्ख्या एक हजार एक सय ६१ थियो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार धनगढी परीक्षणमा कैलालीको गोदावरी नगरपालिकाका १५ महिला र २९ पुरुषसहित ४४ जना, भजनीकी १९ वर्षीया युवती र कैलालीकी ४२ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

यस्तै कञ्चनपुरको बेलौरी, बाजुरा र बझाङका एक÷एक जना पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय १० पुगेको छ ।

अहिलेसम्म सबैभन्दा बढी कैलालीमा तीन सय ८७, डडेल्धुरामा दुई सय चार, बैतडीमा एक सय ५६, डोटीमा एक सय ६१, कञ्चनपुरमा एक सय नौ, अछाममा ८२, बाजुरामा ७३, बझाङमा २५ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका पाँच जनाको मृत्यु भइसकेको छ भने एक सय ६५ जना निको भएर घर फर्किए ।
योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय १० पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्