आज ५ सय ३८ कोरोनाका सङ्क्रमित थपिए, सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो – Kanika Khabar
Saturday, March 15Nepali News Portal

आज ५ सय ३८ कोरोनाका सङ्क्रमित थपिए, सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो

    मा प्रकाशित

कनिका खबर
असार ९, दाङ ।
आज ५ सय ३८ कोरोनाका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय ३८ सङ्क्रमित थपिएको जानकारी दिए । सो संख्या थपिएसँगै आजसम्म कुल सङ्क्रमितको सङ्ख्या १० हजार ९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७६ कोरोनाका विरामी निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । आज डिस्चार्ज हुनेमा ६८ पुरुष र ८ महिला छन् । यो सहित हालसम्म २ हजार २ सय १८ जना निको भएर घर फर्किएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्